कालिका सात बर्षदेखि मृगौला पीडित डाइलोसि गर्न आर्थिक अभाव भएपछि सहयोगको याचना

0 197

टोपलाल अर्याल
गुल्मी, १० चैत
कालिका दर्लामी थापा सात बर्षदेखि मृगौला पीडित छन् । बाग्लुङ्ग बडिगाड गाउँपालिका १ की ३४ बर्षीया कालिका दर्लामी थापाका दुवै मृगौला फेल भएका छन् । उनको माइत इस्मा गाउँपालिका ४ दोहली हुल हो । उनी लामो समय शिक्षक पेसामा आवद्ध हिरा दर्लामीको छोरी हुन् । सुरुमा प्रेसले आँखा बन्द भए । खुट्टा नचल्ने बनायो । उनले औषधी खाएर तत्कालको बिमार सन्चो बनाइन् । दैवले त्यत्तिकैमा छोडेन पछि दुवै मृगौला फेल भए ।

लामो समय औषधी खाएर पीडा कम गरिन् । बिस्तारै समस्या बल्झिदै गएपछि कालिका अहिले अस्पतालको बेडबाट सहयोगको याचना गरिरहेकी छन् । उनले गौतमबुद्ध मुटु अस्पताल बुटवलबाट डाइलोसिस सुरु गरेकी छन् । दर्लामीका अनुसार तीन दिनमा ६८ हजार सकियो । अब औषधी खाने र अस्पताल जाने उपाय छैन् । कालिकाको सात बर्षकी छोरी छन् । श्रीमान गुन बहादुर थापा मलेसिया छन् । श्रीमति र छोरीको सपना पुरा गर्न परदेश पसेका गुन बहादुर समस्या छन् ।

उनको कमाईले श्रीमतिको उपचारलाई पुग्न छोड्यो । अहिलेसम्म १० लाख बढि खर्च गरे । कसैलाई पनि आफ्नो दुख देखाएनन । समस्या बल्झिदै गएपछि थापा दम्पती सहयोगको याचना गर्न बाध्य छन् । ‘श्रीमानको कमाई सकिएपछि समस्या बल्झियो । अब औषधी खाने र अस्पताल जाने उपाय छैन,’उनले भनिन,‘छोरीको भविष्य सम्झिएर तड्पिन्छु । सहयोगको लागि कालिका दलार्मी एनआइसि एसिया खाता नं द्दण्ण्छठछण्ढघज्ञछछडण्ण्ज्ञ र मोबाइल नम्बर ढडटछछडण्टढण्
रहेको छ ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।