गुल्मीमा आगलागीमा परेर एक जनाको मृत्यु

0 166

२४ चैत, गुल्मी । गुल्मीमा गएराति आगलागी हुँदा एक जना वृद्धको मृत्यु भएको छ । आगलागीमा परेर जिल्लाको मदाने गाउँपालिका वडानम्बर–६ देउराली निवासी ८३ वर्षीय ज्ञानबहादुर जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक निरञ्जन घिमिरेले बताए ।

जिसीको घरमा गएराति करिब १० बजे आगलागी भएको थियो । आगलागीबाट ढुंगा माटोले बनेको घर जलेर पूर्णरुपमा जलेर नष्ट भएको छ ।

घरमा लागेको आगो नियन्त्रणका लागि प्रहरी निरीक्षक घिमिरेसहित १४ जनाको टोली घटनास्थल गएको थियो । आगलागीको कारण खुलेको छैन ।

ad

यसैगरी गुल्मीको छत्रकोट गाउँपालिका–३ थुमडाम बस्ने डोलराम भण्डारीको घरमा बिहीबार दिउँसो आगलागी हुँदा ४७ हजार रुपैयाँ नगद, ४ तोला बराबरको सुनका गहना, अन्नपात, लत्ताकपडा, काठपात लगायतका सामान जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।