छुट्टाछुट्टै घटनामा गुल्मीका २ महिलाको मृत्यु

0 150

अनिल खत्री
१५ वैशाख, गुल्मी । छुट्टाछुट्टै घटनामा गुल्मीका २ जना महिलाको मृत्यु भएको छ । इस्मा गाउँपालिकामा कुलोमा डुबेर र सत्यवती गाउँपालिकामा घाँस काट्ने क्रममा लडदा ३७ र ३५ वर्षीया महिलाको मृत्यु भएको हो ।
इस्मा गाउँपालिका वडानम्बर–२ सामाचौर वस्ने ३७ वर्ष मायाँ खत्री कुलोमा डुबेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेले बताउनुभयो । शुक्रवार बिहान ५ बजे स्थानीय छल्दी पनाह बाट भालु खोला सामाचौर हुँदै भलातारी तर्फ बग्ने पानीको कुलोमा डुबी मृत अबस्थामा शव फेला परेको हो ।
शवलाई पोष्टमार्टका लागि गुल्मी अस्पताल ल्याइएको छ । घटना बारे थप अनुसन्धान भइरहेको डिएसपी पाण्डेले बताउनुभयो ।
त्यस्तै जिल्लाको सत्यवती गाउँपालिकामा घाँस काटने क्रममा भीरबाट लडेर एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको सत्यवती गाउँपालिका वडानम्बर ३ ठूलोलुम्पेका ३५ वर्षकी गीता सुनारको घाँस काट्ने क्रमम भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।