चन्द्रकोटमा प्रथम अध्यक्ष कप खुल्ला पुरुष भलिवल प्रतियोगिता  हुदैँ

0 1,328

महेश बोहरा, बैशाख २२ गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले प्रथम अध्यक्ष कप खुल्ला पुरुष भलिवल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । यही बैशाख २९ र ३० गते गाउँपालिका अन्तर वडा स्तरिय खुल्ला पुरुष भलिवल प्रतियोगिता हुन लागेको हो । गाउँपालिकासंगै रहेको चन्द्रकोट क्याम्पसको खुल्ला मैदानमा प्रतियोगिता सञ्चालन हुने छ । बैशाख २७ गते साँझ ५ बजेसम्म समुह दर्ता गर्न सकिने छ । दर्ता गर्दा कुनै पनि शुल्क लाग्ने छैन । साथै खेलमा सहभागी हुनका लागी वडा कार्यालयबाट फारम भरी पेश गर्नुपर्ने छ ।

गाउँपालिकाले खेलकुदको माध्यमबाट सामाजिक सद्भाव,सहिष्णुता तथा आपसी हार्दिकता कायम राख्नका लागी खेलको आयोजना गरेको गाउँपालिकाले जनाएको छ । गाउँका युवाहरुमा रहेको खेल प्रतिभालाई उजागर गर्ने र भविष्यमा स्थानीय, प्रादेशिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादनमा विशेष टेवा पुयाउने उद्देश्यले प्रथम अध्यक्ष कप खुल्ला पुरुष भलिवल प्रतियोगिता आयोजना गरिएको हो ।

जसको प्रथम पुरस्कार नगद रु ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र,. द्वितिय पुरस्कार नगद रु ३० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र, तृतिय पुरस्कार– नगद रु २० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र साथै सान्त्वना पुरस्कार नगद रु १० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र दिने छ । यस्तै उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट सर्भर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट खेलाडीलाई जनही नगद रु १ हजार शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । खेल FIVB को नियमानुसार नकआउटको आधारमा टि.टि. सिस्टमबाट हुने छ ।

 

 

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।