चन्द्रकोटको १ वर्षे उपलब्धी : स्वास्थ्य बीमामा ५० प्रतिशत सहुलियत देखि पूर्वाधारमा फड्को 

0 586

महेश बोहरा, जेठ ८ गुल्मी

गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले आफ्नो १ वर्षे कार्यकालमा गरेका कार्यहरुको प्रगति विवरण सार्वजनिक गरेको छ । २०७९ साल बैशाखमा भएको स्थानिय तहको निर्वाचनमा विजयी भए पश्चात गाउँपालिकामा जेठ ७ गते जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेका थिए । गाउँपालिका अध्यक्ष युवराज केसी, उपाध्यक्ष बिष्णुप्रसाद भण्डारी सहित ८ वटै वडाका वडाध्यक्ष तथा वडा सदस्य र कार्यपालिका सदस्यहरुले पदभार ग्रहण गरेका हुन । पालिका भित्रका विपन्न नागरिकहरु, स्वास्थ्य क्षेत्र, कृषि र पशुपालन लगायत बिकास निर्माणमा धेरै उपल्बधी हासिल गरेको चन्द्रकोट गाउँपालिकाले सूचना जारी गरी उल्लेख गरेको छ ।

पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास, वन वातावरण तथा विपद् व्यवस्थापन, कानुन निमार्ण, सार्वजनिक सेवा तथा संस्थागत विकास लगायतका क्षेत्रमा गरेको कार्यहरुको प्रगति विवरण सार्वजनिक गरेको हो ।

ad

पहिलो वर्ष सिकाई संगै काम गराई पनि निकै राम्रोसंग भएको गाउँपालिका अध्यक्ष युवराज केसीले बताए । उनले जनताको आवश्यकताका आधारमा नीति निमार्ण गरी कार्य गरेको बताए ।

गाउँपालिकाका मुख्य बजार क्षेत्र शान्तिपुर तथा मजुवामा नाली व्यवस्थापन, जिल्ला पूर्वाधार विकास कार्यालयद्वारा कार्यान्वयन भैरहेको चोरकाटे शान्तिपुर सडक खण्ड अन्तर्गतको करिव १४ किलोमिटर लामो सडक कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा पुगेको गाउँपालिकाले सूचना जारी गरी जनाएको छ ।

पालिकाभित्रका शान्तिपुर– अस्पताल लाईन सडक, शान्तिपुर–टिमुरे सडक तथा मजुवा भित्रीबजारका सडकहरुमा ग्राभेलिङ्ग गर्ने कार्य भैरहेको, सडक सुरक्षाको लागि विभिन्न सडकहरुमा रिटेलिङ्ग वाल र ग्याभिङ्ग वाल लगाउने कार्य भैरहेको छ ।

गाउँपालिकाको आयोजनामा निशुल्क बृहत स्वास्थ्य शिविर संचालन गरिएको जसबाट झण्डै १८ सय बढी  नागरिकहरु प्रत्यक्ष लाभान्वित भएका थिए । विपन्न नागरिकहरुको लागि स्वास्थ्य बीमामा ५० प्रतिशत सहुलियतको लागि अनुदानको व्यवस्था गरिएको छ । सुत्केरी हुनका लागि जिल्ला बाहिर रिफर हुने गर्भवती महिलाहरुको यातायात सुविधाको लागि शत प्रतिशत रकम प्रदान गरी निःशुल्क यातायातको व्यवस्थापन गरिएको, दिबु्रङ्ग स्वास्थ्य चौकीमा ल्याव सेवा सुरु गरिएको छ ।

यूवाहरुलाई खेलकुद प्रति अभिप्रेरित गर्न राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडीहरुलाई पालिकाको तर्फबाट सहजीकरणको प्रवन्ध गरिएको छ भने प्रथम अध्यक्षकप अन्तर वडा स्तरीय पुरुष भलिवल प्रतियोगिता सम्पन्न भएको छ ।

लोकसेवा तथा शिक्षक सेवा प्रति यूवाहरुलाई आकर्षित गर्नका लागि निशुल्क लोकसेवा तथा शिक्षक सेवा तयारी कक्षा संचालन गरिएको थियो ।

अपाङ्गता भएका व्यक्तिहरुलाई मध्यनजर गर्दै अपाङ्गता परिचयपत्र वितरण शिविर संचालन गरिएको छ जसवाट ३५ जना लाभान्वित भएका छन् भने पालिकाभित्रका अपाङ्गता भएका व्यक्तिहरुको एकिकृत अभिलेखको लागि तथ्याङ्क संकलन र प्रोफाईल निर्माण अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ ।

विद्युतीय चुलोलाई प्रोत्साहन गर्न लाभग्राहीलाई प्रति लाभग्राही रु ५०० अनुदानको व्यवस्था गरीहाल सम्म कुल १२ सय ७०  जनालाई प्रदान गरिएको छ ।

गाउँपालिकाभित्रका विपन्न नागरिकहरुलाई सामुदायिक विद्युत उपभोक्ता समितिसँगको सहकार्यमा कुल ९८ जना विपन्न नागरिकलाई निशुल्क विद्युत मिटर वितरण गरिएको छ ।

गाउँपालिकाभित्रका किसानलाई लक्षित गरी निशुल्क पशु बीमा तथा पशुस्वास्थ्य शिविर संचालन गरिएको, सहकारी क्षेत्रको नियमन र व्यवस्थापनको लागि अभिलेखीकरणको सुरुवात गरिएको साथै सहकारी ऐन निर्माण गरी सोहि अनुसार कार्य गर्दै आएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष बिष्णुप्रसाद भण्डारीले बताए ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।