लुम्बिनी प्रदेश सांसद भुसालको पहलमा मुसिकोटमा पानी शुद्धिकरण मेसिन जडान

0 522

सूर्य सुनार जेठ १८, गुल्मी
लुम्बिनी प्रदेश सांसद डिल्लीराज भुसालको पहलमा मुसिकोटमा पानी शुद्धिकरण मेसिन जडान गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका ३ मा पर्ने पाउँखोला लिफ्ट खानेपानीमा उक्त मेसिन जडान गरिएको समाजसेवी तुल्सी रायमाझीले जानकारी दिनुभयो ।

पाउँखोला लिफ्ट खानेपानी समितिलाई उक्त मेसिन प्रदान गरिएको हो । त्यस मेसिनले एक लाख लिटरको ट्याङकीमा रहेको पानीलाई शुद्धिकरण गर्न र किटाणुहरु मार्नको लागि २ वटा मेसिन प्रदान गरिएको छ । जसको लगात १ लाख ७० हजार रहेको छ ।
खानेपानी गुणस्तर तथा नियमन शाखा विभागको सहयोगमा उक्त मेसिन मुसिकोटमा जडान गरिएको लुम्बिनी प्रदेश सांसद भुसालले बताउनुभयो । आफूले निर्वाचनमा बोलेका प्रतिवद्धताहरु क्तमश पुरा गर्दै गएको बताउनुभयो । जनताको मतको सम्मान गर्दै रोजगार, शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रमा रचनात्मक काम गर्ने भुसालले दाबी गर्नुभयो ।

दुषित पानी पिउनले रुघाखोकी देखी विभिन्न रोगले आक्रमण गर्ने गर्दछ् । पानी शुद्धिकरण मेसिनबाट पानीलाई शुद्ध बनाएर पिउन पाउँदा स्थानीयहरु ह्र्षित भएको वडाध्यक्ष शंकर रायमाझीले बताउनुभयो । मुसिकोट नगरपालिकाको वडा नम्बर ३ मा पानी शुद्धिकरण गर्ने मेसिन जडान गरेर जनतालाई शुद्धिकरण गरेको पानी खुवाउन पाउँदा आफूलाई धेरै खशी लागेको बताउनुभयो ।

ad

त्यस्तै समाजसेवी तुल्सी रायमाझीले वडाका विभिन्न लिफ्ट खानेपानीमा यो मेसिन क्रमश जडान गर्दै जाने बताउनुभयो । यसमा सहयोग गर्ने लुम्बिनी प्रदेश सांसद भुसाललाई उहाँले धन्यवाद दिनुएको थियो ।

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।