गुल्मीमा वाईसीएलको संङठन विस्तार तिव्र गतिमा

0 103

 

जेठ २८ गुल्मी ।

नेकपा माओवादी केन्द्र निकट वाईसीएल गुल्मीले संङठन विस्तारलाई तिव्र गतिमा अघि बढाएको छ ।
शनिबार मात्रै जिल्लाका तीन वटा स्थानीय तहमा नयाँ नेतृत्व चयन गरिएको नेकपा माओवादी केन्द्र गुल्मीका सचीब अशोक थापाले जानकारी दिए ।

ad

जिल्लाको सत्यवती गाउँपालिकामा टिकाराम गैरे अध्यक्ष ,सचिबमा महेन्द्र राहादी रहने गरि १३ सदस्यीय पालिका स्तरीय कमिटी गठन गरिएको छ ।
त्यस्तै छत्रकोट गाउँपालिकामा केशर कडेलको नेतृत्वमा ४१ सदस्यीय कमिटी गठन गरिएको छ । जसको सचिवमा मनिष कडेल रहेका छन ।
गुल्मीदरबार गाउँपालिकामा प्रकाश स्वर्णकार अध्यक्ष र चेतमान खड्का सचिब सहित १३ सदस्यीय नयाँ नेतृत्व चयन गरिएको छ ।
आगामी दुई वर्षको लागि नेतृत्व चयन गरिएको वाईसीएल गुल्मीले जानकारी दिएको छ । संङठन विस्तार संगै वाइसीएलले जनयुद्धमा बनेका भौतिक संरचनाको पुनः निर्माण समेत गर्ने भएको छ ।
जनयुद्धको समयमा बनेका प्रतिक्षालय,चौपारी,पोखरी ,पुल जस्ता भौतिक सम्पत्तिको संरक्षण गर्ने पाटिले निर्देशन दिएको जिल्ला सचीव थापाले बताए ।
सम्बन्धित स्थानीय तह,प्रदेश र केन्द्र सरकार संग समन्वय गरेर अगाडि बढ्ने वाईसीएल गुल्मीले जनाएको छ ।
पछिल्लो समय वाईसीएल गुल्मीले संङठन विस्तार आक्रमक ढंगले अघि बढाउनुका साथै भ्रष्टाचार विरुद्धको अभियान समेत सुरु गरेको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।