गुल्मीका केहि स्थानमा पुख्यौंली रुपमा भेडा पालिदैँ

0 103

अनिल खत्री असार १७, गुल्मी । कृषिमा अरु विभिन्न पेसा व्यवसाय गर्नेहरु दैनिक रुपमा बढदै गए पनि भेडापालन तर्फ भने आकर्षण छैन् । तर गुल्मी जिल्लाका केहि स्थानमा पुख्यौंली रुपमा भेडा पालीदै आएको छ । पछिल्लो समय भेडा पालन व्यवसाय संकटमा छ । युवा पुस्तामा चासो नदिएका कारण यो व्यवसाय संकटमा पर्न थालेको हो ।
भेडाको मासु, उन बिक्रीबाट मनग्य कमाउन सकिने भए पनि काम गर्न कठिन हुने भएकाले यस व्यवसायमा युवाले खासै चासो दिएका छैनन् । भेडा पालन गर्न चरण क्षेत्र पनि आवश्यक पर्दछ ।
पछिल्लो समय मोटरबाटो बिस्तार हुँदै जाँदा धेरै चरण क्षेत्र मासिदै गएकाले पनि भेडापालन गर्न समस्या हुँदै गएको छ । तर गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिकाको वडानम्बर ५ मा अझै पनि केहि किसानले अझै पनि पुख्यौंली रुपमा पालीदै आएको भेडा पालनलाई निरन्तरता दिँदै पाइन्छ ।
गुल्मीदरबार पच्चीस मुरेकी हरिकला तन्नामीले पुख्यौंली रुपमा पालीदै आएको भेडा अहिले पनि गर्दै आएको बताउनु भयो । यहिँ पेसाबाट आम्दानी भएको रकमबाट घर खर्च चलाउने देखि छोराछोरीलाई पढाउनको लागि सहज भएको उहाँको भनाई छ ।
तन्नामीले अहिले ५० वटा भन्दा बढी भेडा पालन गर्नु भएको छ । उहाँको भेडा गुल्मी र छिमेकी जिल्ला अर्घाखाँचीमा बिक्री हुन्छ ।
भेडा पालन कृषकलाई गुल्मीदरबार गाउँपालिकाले खोर, र घाँस काट्ने मेसिन जस्ता सहयोग गरेर प्रोत्साहन गरेको छ । तर कृषकलाई भने जुका, माटे जस्ता रोगहरुले सताउने गरेको छ ।
यस्तै खाले रोगबाट वर्षेनी ४÷५ वटा माउ भेडा मर्ने गरेको भेडा पालक कृषक तन्नामीले बताउनु भयो ।
भेडाको एउटा पाठोलाई सिंङ आएपछि १० हजार पर्ने गर्दछ । गुल्मीदरबारसँगै जिल्लाका मदाने मालिका, सत्यवती लगायत केहि ठाउँमा सामान्य रुपमा भेडा पालन हुँदै आएको छ । भेडाको धेरै जसो देशैंमा बिक्री हुने गर्दछ । अन्य समयमा केहि मात्रामा बिक्री हुँने गरेता पनि दशैंमा पूजा गर्नेहरुले किन्ने भएकाले धेरै बिक्री हुन्छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।