स्मार्ट कृषि गाउँ कार्यक्रमले कृषक उत्साहित

0 106

 

अनिल खत्री, गुल्मी । स्मार्ट कृषि गाउँ कार्यक्रम लागु भएपछि छत्रकोटमा व्यवसायिक रुपमा कृिष गर्नेहरुको संख्या वढदै गएका छन् । गुल्मी जिल्लाको हुँगामा युवाहरुले गाउँमै केहि गरे सफल भइन्छ भन्ने उदारणिय पात्र बनेका छन् ।

जिल्लाको छत्रकोट गाउँपालिकामा व्यवसायिक रुपमा कृषि गर्नेहरुको संख्या वढदै गएको छ । कृषि पेसाबाटै राम्रो सम्भावना बोकेर एउटै गाउँमा ६० जना भन्दा बढि व्यवसायिक रुपमा कृषि गर्दै आएका हुन् । कृषि ज्ञानकेन्द्र गुल्मीको सहयोगमा छत्रकोटको वडानम्बर १ हुँगामा स्मार्ट कृषि गाउँ कार्यक्रम लागुभएपछि व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका हुन् । छत्रकोट र रेसुङ्गा नगरमा कृषकले गरेका गर्न लागिएको चक्ला बन्दीमा सुन्तला कागती खेती र बन्दा काउली, टमाटर, काक्रो, रातो मूला लगायत बिभिन्न तरकारी खेतीको अबलोकन गरिएको छ ।

ad

कृषि ज्ञानकेन्द्रको आयोजनामा जिल्ला समन्वय समिति प्रमुख दोर्ण, प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी, जिल्ला स्थित बिभिन्न कार्यालयका प्रमुखहरुको सहभागितामा तरकारी खेतीको अबलोकन गरिएको हो । अनुगमनका क्रममा कृषकका समस्या र आगामी दिनहरुमा गर्न लागेका कार्यक्रमहरुको बारेमा छलफल समेत गरिएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताउनुभयो ।

कृषि ज्ञानकेन्द्रको बिभिन्न खाले सहयोगले गर्दा कृषि पेसामा लाग्नेहरुको संख्या बढदो छ । तरकारी खेती हेर्नको लागि हुँगामा जानुपर्छ भन्ने त्यहाँका कृषकको मेहनतले दर्साएको छ ।

हुँगामा ४ वर्ष पहिलेदेखि स्मार्ट कृषि गाउँ कार्यक्रम लागू गरेर कृषिका समस्या पहिचाहन र कृषकलाइ व्यवसायीक बनाउने कार्य गर्दै आएको कृषि ज्ञानकेन्द्र प्रमुख भण्डारीले बताउनुभयो । स्मार्ट कृषि गाउँमा तरकारी खेतीसँगै पशुपालन पनि गर्दै आएका छन् ।
हुँगामा संचालित स्मार्ट कृषि कार्यक्रम अब सहकारीमा परिणत हुँदै छ ।

त्यहाँका कृषकले सयौं रोपनी जग्गामा तरकारीकारी खेती गर्दै आएका छन् । हुँगामा १ सय ५० रोपनीमा तरकारी खेती गर्दै आएका युवा भुवन खरालले यसवर्ष ४० लाखको तरकारीको कारोबार गर्ने बताउनुभयो । उहाँले अहिले १५ जनालाई रोजगारी समेत प्रदान गर्नुभएको छ । खराल जस्तै अन्य कृषकहरु पनि अहिले व्यवसायीक रुपमा तरकारी खेती उत्पादन गर्दै आएका छन् ।

उत्पादीत तरकारी गुल्मी जिल्लासँगै छिमेकी जिल्लाहरुमा बिक्री हुने गरेको छ । तरकारी बेच्न कृषककले पैंचो पसलसँग सम्झौता गर्ने गरेका छन ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।