गुल्मीमा कात्तिक १५ गते देखि औधोगिक एवं ब्यापार मेला हुने

गुल्मी उद्योग संघ गुल्मीको आयोजनामा आउदो कात्तिक १५ गतेदेखि २५ गतेसम्म औधोगिक एवं ब्यापार मेला महोत्सव हुने भएको हो ।

0 1,578

अनिल खत्री
२३ भदौ, गुल्मी । गुल्मीमा औधोगिक एवं ब्यापार मेला महोत्सव हुने भएको छ । गुल्मी उद्योग संघ गुल्मीको आयोजनामा आउदो कात्तिक १५ गतेदेखि २५ गतेसम्म औधोगिक एवं ब्यापार मेला महोत्सव हुने भएको हो ।
११ दिनसम्म महोत्सवमा गुल्मी जिल्लामा रहेका साना तथा मझौला उद्योगबाट उत्पादन हुने सामाग्रीहरुको प्रर्दशनमा बिशेष महत्व दिइने गुल्मी उद्योग संघका अध्यक्ष नवराज भुसालले बताए । जिल्लामा ठूला उद्योगहरु नभएकाले साना तथा मझौला उद्योगलाई प्रवद्धन गर्ने उदेश्यले महोत्सव आयोजना गरिएको भुसालले बताए ।
यसअघि जिल्ला सदरमुकाम तम्घास स्थित चिदीचौर खेल मैदानमा महोत्सव हुँदै आएको थियो । तर त्यस ठाउँलाई सौन्दर्यकरण गर्न भन्दै महोत्सव गर्न नपाइने भएपछि उपल्लो तम्घासमा हुने भएको हो ।
महोत्सवबाट जिल्लामा उत्पादित कृषि, पशुपालनहरुको प्रर्दशन बजारीकरण र सांस्कृतिक धरोहरुको प्रवद्र्धनमा टेवा पुर्याउने उदेश्यले महोत्सव आयोजना गरिएको अध्यक्ष भुसालको भनाइ छ । महोत्सवमा बिभिन्न औधोगिक क्षेत्रबाट उत्पादित सामाग्रीहरुसँगै गुल्मी जिल्लामा बिभिन्न जाती बिशेष रहेका खाना परिकारहरु, बिभिन्न सँस्कृति झल्कीने झाँकीहरु पनि प्रर्दशन गरिने भएको छ ।
जिल्लाको सदरमुकाम तम्घासमा चल्ने महोत्सवबाट गुल्मी जिल्लाको कृषि, घरेलु औधोगिक प्रर्बद्धन सगै पर्यटकीय क्षेत्रहरुको प्रर्बद्धन र प्रचार प्रसार महत्वपुर्ण उदेश्य आयोजकको रहेको छ । महोत्वसमा स्थानीय र राष्ट्रिय स्तरका कलाकारहरुको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।