गुल्मीमा असोज १० देखि १३ गतेसम्म पुल्चोक कप संचालन हुँदै

0 249

गुल्मी । गुल्मीमा यही असोज १० देखि १३ गतेसम्म पुल्चोक कप संचालन हुँदैछ । पुल्चोक स्पोर्टस क्लबले सोमबार पत्रकार सम्मेलन गर्दै आफूले पुल्चोक कप–२०८० संचालन गर्न लागेको जानकारी दिएको हो ।

क्लबले गुल्मी जिल्लास्थित विद्यालयस्तरीय छात्रा फुटबल प्रतियोगिता आयोजना गरेको क्लबका उपाध्यक्ष सन्तोष न्यौानेले जानकारी दिए । प्रतियोगितामा कक्षा १० सम्ममा छात्रा सहभागी हुन पाउनेछन् ।

साथै क्लबले शिल्ड अनावरण पनि गरेको छ । रेसुङ्गा नगरपालिकाका उपप्रमुख अमृतादेवी कुँवरले चौथो पुल्चोक कप–२०८० को शिल्ड अनावरण गरेकी हुन् ।

ad

क्लबले पाँचौ वार्षिकोत्सबको अवसरमा पुल्चोक कप आयोजना गर्दैछ । खेलमा ११ समूह सहभागी हुनेछन् । खेल चार दिनसम्म लगातार चल्नेछ । पुल्चोक कप २०८० जित्नेले ३० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै उपविजेताले २० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका महासचिव प्रकाश मरासिनीले जानकारी दिए ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।