सडक संजालले साबिक ३ नम्बर क्षेत्रको मुहार फेरिदै : नेता बुद्धि जिसी

गुल्मीको साबिक क्षेत्र नम्बर ३ मा सोमबार देखि सिमलटारीमा पहिलो पटक महोत्सव सुरु भएको छ । त्यस क्षेत्रको पहिलो महोत्सवको माओबादी केन्द्रका नेता तथा प्रधानमन्त्री प्रचण्डका जनसम्पर्क विज्ञ बुद्धि जिसिले उद्घघाटन गरेका छन ।

0 130

 

असोज १६ । गुल्मीको साबिक क्षेत्र नम्बर ३ मा सोमबार देखि सिमलटारीमा पहिलो पटक सदरमुकाममा झै महोत्सव सुरु भएको छ । त्यस क्षेत्रको पहिलो महोत्सवको माओबादी केन्द्रका नेता तथा प्रधानमन्त्री प्रचण्डका जनसम्पर्क विज्ञ बुद्धि जिसिले उद्घघाटन गरेका छन ।
गुल्मीको साबिक क्षेत्र नम्बर ३ मा सोमबार देखि सिमलटारीमा पहिलो पटक सदरमुकाममा झै मोहत्सव सुरु भएको छ । त्यस क्षेत्रको पहिलो महोत्सवको माओबादी केन्द्रका नेता तथा प्रधानमन्त्री प्रचण्डका जनसम्पर्क विज्ञ बुद्धि जिसिले उद्घघाटन गरेका हुन ।


एमएम बाइक एल इभेस एण्ड बहुउद्देश्यीय प्राली मालिका ८ को आयोजनामा असोज १५ देखि २५ गते सम्म १० दिन सम्म चल्ने महोत्सवमा ७० वटा स्टल रहेका छ्न ।
प्रथम सिमलटारी कृषी पर्यटन तथा साँस्कृतिक महोत्सव २०८० को उद्घाटन गर्दै नेता जिसिले साबिक क्षेत्र नम्बर ३ को सिमलटारी बजार फिताले नापे पनि ब्यापारिक र प्रशासनिक दृष्टिले बिच सेन्टर परेको तर बिगतमा यसलाई कतिपयले पछाडी पारेको तथापि सडक संजालले यहाँको बिकास हुने धारणा राखेका थिए ।
त्यस्तै गुल्मी उद्योग संघका अध्यक्ष नवराज भुसालले आफुहरुले पनि सदरमुकामको उपल्लो तम्घासमा महोत्सव गर्न लागेकोले त्यस क्षेत्रका बासिन्दालाई निम्ता दिएका छन ।
महोत्सवको पहिलो दिन स्टल लगायतको तयारी पूरा भएपनी सर्कस लगायतको तयारी पूरा पूरा भएको थिएन । स्टलमा मुखै रसाउने पोखराबाट ल्याईएको अचार परिकार तिर धेरैको नजर थियो । त्यस्तै स्थानिय परिकार निकै मन लोभ्याउने थियो । स्टलमा स्थानीय कृषि उत्पादन र स्थानिय कला सस्कृतिलाई निकै महत्व दिईएको छ । महोत्सवमा स्थानिय कलाकार भनिएका मालिका माबिका भाइ बहिनिहरुको प्रस्तुती राष्ट्रिय कलाकारको भन्दा कम थिएन ।

ad

कार्यक्रममा निकै चालेका कलाकार सन्दिप न्यौपाने र माधव जोन खत्रीले दिनभर भरपुर मनोरन्जन दिएका थिए ।
स्थानिय नौमती बाजाले पनि महोत्सवमा प्रचार पाएको थियो
कार्यक्रममा मालिका गाउँपालिका अध्यक्ष देविराम अर्याल, धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल, मालिकाका उपाध्यक्ष उपेन्द्र अर्याल, मालिका ८ का वडाध्यक्ष सुर्य बहादुर जिसि लगायतका जनप्रतिनिधि र स्थानिय समाज सेविहरुको विशेष आतिथ्यता थियो । ढावा सिमलटारी किशानटारी बजार बिकास समितिका अध्यक्ष खडक नेपालीको अध्यक्षतामा र स्थानिय समाज सेवि रोशनकुमार पौडेल र कलाकार माधवजोन खत्रीको उद्घोष दर्शक तताउने थियो । दोश्रो दिन मङ्गलबार चर्चित गायक खुमन अधिकारी लगायतको प्रस्तुति रहने जनाईएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।