गुल्मीमा कात्तिक १५ देखि पुरुष र महिला भलिबल प्रतियोगिता हुने

0 922

अनिल खत्री
२० असोज, गुल्मी । गुल्मीमा प्रथम पालिका स्तरीय पुरुष महिला भलिबल प्रतियोगिता हुने भएको छ । जिला सदरमुकाम तम्घासमा गुल्मी भलिबल संघको आयोजनामा कात्तिक १५ गतेदेखि १८ गतेसम्म हुने प्रथम गुल्मी भलिबल कप २०८० को पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हो ।

भलिबल खेलको विकास तथा विस्तार एवं स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उदेश्यले खेल आयोजना गरिएको गुल्मी भलिबल संघका सचिव नारायण आचार्यले बताउनुभयो । खेलमा जिल्ला स्थित १२ वटा स्थानीय तहबाट खेलाडीहरुको सहभागिता हुने आयोजकले जनाएको छ ।

पुरुष भलिबल खेलमा प्रथम हुनेले नगद ७७ हजार ७७७ रुपैयाँ द्धितिय हुनेले ५५ हजार ५५५ रुपैयाँ, तृतिया हुनेले ३३ हजार ३३३ रुपैयाँ र सानतना हुनेने ११ हजार १११ रुपैयाँ पाउने छन् । त्यस्तै महिला भलिबल तर्फ प्रथम हुनेले ३५ हजार रुपैयाँ, द्धितिय हुनेले २५ हजार रुपैयाँ, तृतिय हुनेले १५ हजार रुपैयाँ र सानतना हुनेने १० हजार रुपैयाँ पाउने भएका छन् ।
खेलमा राष्ट्रिय स्तरमा खेल खेलेका खेलाडी बाहेक हुनुपर्ने आयोजकले जनाएको छ ।

ad

भलिबल खेल पछिल्लो समय खेल्ने क्रम घटदै जान थालेकाले हराउदै जान समेत थालेको छ ।    पछिल्लो नयाँ युवा पिडी भलिबल खेल प्रतिको आकर्षण घट्दै जान थालेपछि त्यसलाई माथि उठाउनका लागि यो खेलले टेवा पुग्ने गुल्मी भलिबल संघका अध्यक्ष राजन कुँवरले बताउनुभयो । भलिबलको मुख्य प्रायोजकमा गुल्मीका पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी प्रेम कुँवरले गर्नुभएको छ ।

खेल सम्पन्न गर्न आयोजकले निजी क्षेत्रका खेलप्रेमीहरुबाट सहयोग संकलन गरिरहेको आयोजकले जनाएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।