हिमालयन लाइफ इन्स्योरेन्स गुल्मी शाखाद्वारा १४ लाख बढीको मृत्यु दावी भुक्तानी

0 828

 

आश्विन २५, गुल्मी ।

हिमालयन लाइफ इन्स्योरेन्स गुल्मी शाखाले असोज १९ गते शुक्रबार एक कार्यक्रमका बीच १४ लाख ६० हजार ७ सय ४० रूपिंया बराबरको मृत्यु दावी भुक्तानी गरेको छ ।
शाखाले गुल्मीदरवार गाउँपालिका वडा नं.-१, बलिथुम कुर्लाचौर निवासी दिपेन्द्र श्रेष्ठ र रेसुङ्गा नगरपालिका वडा नं.-१०, सिमिचौर निवासी कमला बस्नेत क्षेत्रीलाई उक्त मृत्यु दाबी भुक्तानी रकम बितरण गरेको हो । श्रेष्ठका श्रीमती अनिता श्रेष्ठले साविकको प्राइम लाइफ इन्स्योरेन्समा साबधिक सरल जीवन बिमा अन्तर्गत ३ लाख १० हजारको वीमा खरिद गर्नु भएको थियो ।

ad

उहाँले वार्षिक २१ हजार ६७ का दरले ६ किस्ता बुझाउनु भएको थियो । उहाँको मृत्यु भए पछि श्रीमानलाई ३ लाख ८८ हजार ७ सय ४० रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो भने सिमिचौर निवासी बस्नेतका श्रीमानले पनि साविककै प्राइम लाइफ इन्स्योरेन्सबाट प्राइम जीवन उपहार बीमा अन्तर्गत ५ लाखको पोलिसी गत २०७८ साल आश्विन १५ गते खरिद गर्नु भएको थियो। उहाले वार्षिक बीमा शुल्क ५२ हजार ५ सय १४ का दरले २ किस्ता मात्र बुझाउनु भएको थियो ।

तेस्रो किस्ता बुझाउन नपाई क्यान्सरबाट उहाँको मृत्यु भए पछि श्रीमति कमलालाई खरिद गरेको बिमाबाट ५ लाख ५२ हजार र उपहार बिमाबाट ५ लाख २० हजार गरी एकमुष्ट रकम १० लाख ७२ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो ।
हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड प्रदेश उप- प्रमुख जुना कुंवर , गुल्मी शाखा प्रबन्धक अन्जु पुन , एजेन्सी म्यानेजर लेखेन्द्र पुनद्वारा सामुहिक रूपमा मृत्यु दावी भुक्तानी रकम बापत को चेक बितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश उप-प्रमुख जुना कुवंरले बिमा बचत मात्र नभएर समस्या पर्दाको साथी पनि भएको बताउनु भयो । सदरमुकाम तम्घासमा सम्पन्न कार्यक्रममा सयौं अभिकर्ताहरुको उपस्थिति रहेकोे थियो । यस्तै कार्यक्रममा गत आर्थिक बर्षमा उत्कृष्ट बिजनेस गर्ने अभिकर्ताहरुलाइ खादा सम्मान पत्र ले सम्मान गरिएको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।