गुल्मीमा किवी खेती बिस्तार हुँदै

0 226

अनिल खत्री
९ कात्तिक, गुल्मी । गुल्मी जिल्लामा किवी खेती बिस्तार हुँदै गएको छ । किसानहरुको साधारण व्यवस्थापनमा हावापानी सुहाउदो व्यवसायीक खेतिको नयाँ विकल्प खोज्ने क्रममा हाल यहाँका कृषकहरुले किवी खेतिलाई रोज्न थालेका छन ।
किवी खेतीको नाम दिनु पर्दा गुल्मी जिल्लाको भार्से गाउँलाई चिनिथ्यो । तर पछिल्लो समय भने जिल्लाका धेरै स्थानमा किवी खेती हुन थालेको छ ।
हाल उत्पादन भएको फल महङ्गोमा विक्री भएपछि कृषकहरु यसको व्यवसायीकता वढाउन लागी परेका हुन् । यतिबेला किवी फल टिप्ने बेला सुरु हुन थालेको छ ।
यो फल कात्तिक महिनाबाट मंसिर अन्तिमसम्म पाक्ने गर्दछ । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर ९ मा बिरबहादुर कार्कीले किवी खेती गर्दै आउनु भएको छ ।
सुरुमा किवीका विरुवा बेच्दै आएका कार्कीले पछिल्लो केहि वर्ष यता किवी खेती पनि गर्दै आएका छन् । कार्कीले २०७२ सालदेखि किवी खेती गर्न थालेका हुन् ०७५ सालदेखि किवीले उत्पादन दिन थालेको छ ।
कार्कीले यसवर्ष ५ कुन्टल किवी उत्पादन भएको बताउनुभयो । उत्पादनी किवी तम्घास बजारमै खपत हुने गरेको छ ।
कार्की जस्तै जिल्ला अरु धेरै कृषकहरु किवी खेतीमा लागेका छन् । कम मेहनतबाट हुने यो खेतीमा धेरैको आकर्षण बढन थालेको छ ।
सुन्तला र स्याउ नहुने बिचको क्षेत्रमा किवी खेती हुने गर्दछ । समुद्री सतहदेखि १२ सय मिरट भन्दा माथी किवी खेती हुने गर्दछ ।
जिल्लामा १२ सय मिटर माथीका भाग धेरै रहेकाले किवी खेतीका लागि राम्रो सम्भावना रहेको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । कालिगण्डकी, चन्द्रकोट, सत्यवत, मुसिकोट, रेसुङ्गा नगरपालिका लगायत जिल्लाका १२ वटै स्थानीयतहमा खेती हुँदै आएको छ ।
जिल्लामा हाल १ हजार हेक्टर क्षेत्रफलमा सजिलै किवी खेती गर्न सकिने कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताउनुभयो । नेपालका धेरै ठाउँमा किवी खेती हुँदै आएकाले बजारी करणमा समस्या रहेको छ ।
अहिले किवी सरदर ३ सय रुपैयाँदेखि ५ सय रुपैयाँ प्रति किलो बिक्री हुँने गरेको छ । धेरै ठाउँमा उत्पादन हुँदै आएकाले यसको मूल्य सरदर १ सय रुपैयाँ प्रति किलो बनाउन सके बजारीकरणमा पनि समस्या नहुँने भण्डारीको भनाइ छ ।
नेपालमा उत्पादन हुँदै आएको किवी बिदेशी भन्दा अलिकति अमिलो पना पनि रहेको छ । धेरै फल्ने र अरु खेती नहुँने ठाउँमा पनि किवी राम्रो हुने गर्दछ । कृषि ज्ञानकेन्द्र गुल्मीले जिल्लामा किवी प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
जसमा ७५ प्रतिशत अनुदानमा बिरुवा र पोल निर्माण गर्ने गरेको छ । किवी खेती गर्दा बलियो पोल निर्माण गर्नुपर्ने भएकाले यसमा अलि खर्च हुँने गर्दछ ।
अहिले कालिगण्डकी, सत्यवती र मालिकाको ह्वाङदी, नेटमा किवी खेतीका लागि कार्यालयले सहयोग गर्दै आएको छ । तर यो सहयोग नगन्य रुपमा रहेको कृषि ज्ञानकेन्द्र गुल्मी प्रमुख भण्डारीको भनाइ छ ।
यसवर्ष किवी बिशेष कार्यक्रम भनेर कालिगण्डकी गाउँपालिकाको वडानम्बर १ को सिरकोट भन्ने स्थानमा जिल्लाकै नमूना किवी खेती बिस्तार हुने भएको छ । त्यसका लागि कृषि ज्ञानकेन्द्र गुल्मीले २८ लाख रुपैयाँ विनियोज गरेको छ ।

यो फार्म जिल्लाकै नमूना रुपमा अगाडी बढाइदैछ । चिसो हावापानी भएको ठाउँमा मकै, आलु, कोदो खेति र पशुपालन प्रमुख पेशामा मेलापात गर्दै स्थानिय वासिन्दा हरु जिवन निर्वाहा गरिरहेका छन् ।
तर पछिल्लो समय यता बिस्तारै कृषि वालीमा परिर्वतन गर्न खोजीरहेका छन् । हाल उत्पादन भएको फल महगोमा विक्री भएपछि कृषकहरु यसको व्यवशायिकता वढाउन लागी परेका हुन् । गुणस्तरिय फल फलाउनको लागी गर्नुपर्ने वगान व्यवस्थापन कार्यहरु काँटछाट, लहरा सपोर्ट, गोडमेल, मलखाद, सिंचाई कार्यमा सुधार र कृषकहरुलाई नियमित रुपमा प्राविधिक सहयोगको जरुरी पर्दछ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।