संचारकर्मी अनिल खत्रीको “आधा रातैमा” बजारमा

0 1,304

गुल्मी । गुल्मीको मदाने गाउँपालिका ०१ अग्लुङ्गमा जन्मिएका अनिल खत्रीको लोकदोहोरी गित “आधा रातैमा” एल्बम सार्बजनिक भएको छ । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगीत चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् ।

नेपाली लोक गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् ।
यसै विच खत्रीको लोकदोहोरी गित सार्बजनिक भएको हो । उनी गुल्मी जिल्लाको सदरमुकाममा रहेको सामुदायिक रेडियो स्काईमा संयोजकको रुपमा कार्यरत छन ।

सख्यात्मक भन्दा पनि गुणात्मक तरिकाले साङ्गितिक बजारमा गितहरु निरन्तर आउने क्रममा यो गित बजारमा आएको हो । उनका यो भन्दा अगाडि जिन्दगीको बाटो ,खुन ,बसिदेउ काखैमा, अचानो, काहानी ,कति बगाउ आँसु आखामा लगाएतका गित बजारमा आई सकेको बताएका छन ।

ad

गितमा अनिल खत्री र बसन्ता खनालको सुमधुर स्वरमा सुन्न सकिन्छ । जुन गित कार्तिक १२ गते आइतबार बेलुका ५ बजे “आधा रातैमा” नामक गित ” गणेश बाबू बि क” युटुब च्यानल बाट सार्बजनिक भएको छ ।
अनिल खत्रीको उत्कृष्ट शब्द सृर्जना एवम् अनिल खत्रीकै लय रचनामा रहेको गितमा लोकप्रिय ब्यक्तितब सिताराम के सि र बिनिता दाहालको अभिनय रहेको छ । गितको निर्देशन गणेश बाबू बिकको रहेको छ भने गितको एरेन्ज महेन्द्र भणडारिले गरेका हुन ।

भिडियो हेर्नुहोस ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।