चक्रेश्वर मेलामा चन्द्रकोट गाउँपालिकाको कृषि प्रदर्शनी

0 916

उदय शान्ति युवाक्लवको आयोजनामा चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरमा चक्रेश्वर मेला सञ्चालन भएको छ । साही मेलाको अवसरमा गाउँपालिकाले कृषि मेला प्रदर्शनी सम्पन्न गरेको हो । कृषि मेला प्रदर्शनीमा गाउँपपालिका भित्रका १५ जना कृषकले आफ्नो कृषि उपज सहित सहभागिता जनाएका थिए । विभिन्न मापदण्डको आधारमा उत्कृष्ट कृषकलाई गाउँपालिकाले सम्मान गरेको छ ।
नन्दा एकीकृत कृषि फर्मका संचालक नन्दा सुवेदीले उत्पादन गरेको सिताके च्याउ प्रथम भएको छ भने थापा कृषि फर्मका शंकर थापाको माछा पालन द्वितीय, टिमुरे कृषि फर्मका रूपा बोहोराले फलाएको सुन्तला जात फलफुल उत्पादन तृतिय हुन सफल भएका छन । यस्तै क्षेत्री कृषि फार्मका श्याम बहादुर क्षेत्रीले उत्पादन गरेको फुलगोवी तरकारी बाली तथा आदर्श एण्ड सुलभ कृषि तथा फशुपंक्षी फर्मका हिमकान्त गैरेले उत्पादन गरेको मुलाको उत्पादन सान्त्वना भएका थिए ।

 

उत्कृष्ट कृषकलाई गाउँपालिका अध्यक्ष युवराज केसीले क्रमश नगद रू १० हजार, ८ हजार, ५ हजार र ३/३ हजार नगद सहित प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा अध्यक्ष केसीले कृषिमा राम्रो गर्नेलाई प्रोत्सान गर्नका निम्ति यो कार्यको सुरुवात गरेको बताउनुभयो । उहाँले गाउँपालिकाले उत्पादनका आधारमा अनुदानका कार्यक्रमहरु पनि संचालन गरेको बताउनुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिष्णुप्रसाद भण्डारी, प्रमुख प्रशासकिय अधिकृत सरोज भुसाल, जनप्रतिनिधि, कृषक तथा कर्मचारीहरुको सहभागीता रहको थियो । सो कार्यक्रमको संचालन गाउँपालिका प्रशासन शाखा प्रमुख शिव ज्ञवालीले गर्नुभएको थियो  ।

 

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।