चन्द्रकोटमा दुई पालिका जोड्ने झोलुङ्गेपुलको शिलान्यास

0 353

चन्द्रकोट गाउँपालिकामा दुई पालिका जोड्ने झोलुङ्गेपुलको शिलान्यास भएको छ । आइतबार गाउँपालिका अध्यक्ष युवराज केसीले चन्द्रकोट ५ ग्वाघामा रहेको छरछरे खोलामा ७६ मिटर लामो झोलुङ्गेपुलको शिलान्यास गर्नुभएको हो ।

उक्त झोलुङ्गेपुलले जिल्लाको चन्द्रकोट गाउँपालिका र कालीगण्डकी गाउँपालिकालाई जोड्ने छ । जसबाट बाग्लुङ जिल्लाको बरेङ गाउँपालिका सहित गुल्मीको चन्द्रकोट र कालीगण्डकीका करिब १७५ घरधुरी प्रत्यक्ष लाभान्वित हुनेछन् । कुल ४२ लाख ४३ हजार बरावरको लागतमा निर्माण हुन लागेको उक्त झोलुङ्गेपुल २०८१ असार १७ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

पुलको शिलान्यास गदै गाउँपालिका अध्यक्ष युवराज केसीले विकटलाई निकट वनाउने अभियान जारी छ । साथै उहाँले समयमै गुणस्तरिय कार्य सम्पन्न गर्न र गराउन सवै सरोकारवालाहरुलाई आग्रह समेत गर्नुभयो । यस्तै गाउँपालिका उपाध्यक्ष विष्णुप्रसाद भण्डारीले झोलुङ्गेपुलको निर्माण सम्पन्न पछि स्थानियलाई राहात हुने बताउनुभयो ।

ad


कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विष्णुप्रसाद भण्डारी, प्रमुख प्रशासकीय अधिकृत सरोज भुसाल, वडाध्यक्ष तथा जनप्रतिनिधिहरू, झोलुङ्गेपुल निर्माण उपभोक्ता समितिका पदाधिकारी, स्थानीय उपभोक्ताहरू लगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो । यस्तै ग्वाघा माध्यमिक विद्यालयको निर्माणाधिन थप ४ कोठे भवनको अनुगमन समेत गरिएको गाउँपालिकाका अध्यक्ष युवराज केसीले जानकारी दिनुभयो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।