गुल्मीमा माघ २४ देखि २६ गतेसम्म राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने

0 393

गुल्मी ।
गुल्मीमा यही माघ २४ गतेदेखि जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएको छ । बिहीबार बसेको जिल्ला खेलकुद विकास समितिको बैठकले माघ २४ देखि २६ गते तीन दिनसम्म तम्घासको चिदिचौरमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता गर्ने निर्णय गरेको हो ।

प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सल आर्ट गरी विभिन्न चार विधामा खेल हुनेछन् । जसमा भलिबलतर्फ छात्र÷छात्रा एवं कबड्डीतर्फ पनि छात्र÷छात्राको खेल हुनेछ । त्यसैगरी छात्र÷छात्राको एक सय, दुई सय, चार सय, आठ सय, एक हजार पाँच सय र तीन हजार मिटर दौड एवं चार सय मिटर रिले दौड हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

छात्र÷छात्रातर्फ नै हाइजम्प, लङजम्प, त्रिपलजम्प प्रतियोगिता हुनेछ । छात्रतर्फ ज्याभलिङ थ्रो आठ सय ग्राम र सटफुट १२ पाउण्डको खेल हुुनेछ । त्यस्तै छात्रातर्फ ज्याभलिङ थ्रो छ सय ग्राम र सटफुट आठ पाउण्डको हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गिरिप्रसाद महाकिमले जानकारी दिए ।

ad

मार्सल आर्टतर्फ छात्र÷छात्रा कराँते, छात्र÷छात्रा तेक्वान्दो, छात्रातर्फ पुम्से, छात्र÷छात्रा थाओलु र सान्सौ प्रतियोगिता सम्पन्न हुनेछ । प्रतियोगितामा जिल्लाका १२ वटै पालिकाबाट सहभागिता रहनेछ । जसमा कोच, खेलाडी र विभिन्न पक्षबाट गरी नौ सय बढीको सहभागिता रहने जिल्ला खेलकुद विकास समितिको कार्यालयले जनाएको छ ।

बैठकमा रेसुङ्गा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख पिताम्बर पन्थी, शिक्षा समन्वय इकाइबाट रामप्रसाद पन्थी, संग्राम सार्दुल गुल्मीका प्रतिनिधि विरेन्द्र कुमार लुहार, जिल्ला प्रहरी कार्यालयबाट खुमा थापा, शशस्त्र प्रहरी बलबाट थम्मन बहादुर महतरा, महेन्द्र माविबाट कृष्ण प्रसाद मरासिनी, गण्डकी इङ्गिस बोर्डिङबाट सुनिल बस्नेत, महेन्द्र माविबाट जोगलाल थापा, सिद्धबाबा माविबाट शान्ती नेपाली, जिल्ला समन्वय समितिबाट मनोनित नवराज श्रेष्ठ, खेल संघका प्रतिनिधि अमर बहादुर पल्ली लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।