सिद्धबाबाको क्लोथ बैंकलाई फेन्सी व्यवसायी संघद्धारा झोला प्रदान  

0 786

अनिल खत्री

१ फागुन, गुल्मी । गुल्मी जिल्लाको सिद्धबाबा माध्यमिक विद्यालयमा रहेको क्लोथ बैंकलाई फेन्सी तथा कपडा व्यवसायी संघले झोला प्रदान गरेको छ । जिल्ला सदरमुकाम तम्घासमा रहेको  विद्यालयमा गरिब तथा जेहेन्दार  विद्यार्थीहरुलाई सहयोग गर्न क्लोथ बैंक स्थापना गरिएको छ ।

फेन्सी तथा कपडा व्यवसायी संघ गुल्मीले श्रीपञ्चमीको दिन अक्षर आरम्भ गर्न आउने विद्यार्थीहरुको सहयोगार्थ विद्यार्थीले प्रयोगमा ल्याउने झोला प्रदान गरेको हो । फेन्सी तथा कपडा व्यवसायी संघ गुल्मीका अध्यक्ष अर्जुन कार्कीले १८ थान झोला  विद्यालयका प्रधानाध्यापक डोरबिक्रम श्रीसलाई प्रदान गरेका हुन्

ad

व्यवसायीहरुबाट सहयोग संकलन गरेर सिद्धबाबा माध्यमिक विद्यालयमा रहेको क्लोथ बैंकलाई सानो सहयोग प्रदान गरेको फेन्सी तथा कपडा व्यवसायी संघ गुल्मीका अध्यक्ष अर्जुन कार्कीले बताए । विद्यार्थीलाई पढाइमा सहजता ल्याउनु मुख्य उदेश्यले झोला प्रदान गरिएको कार्कीले बताए

विद्यालयमा केहि वर्षदेखि गरिब तथा जेहेन्दार विद्यार्थीहरुको सहयोगार्थ क्लोथ बैक स्थापना गरिएको विद्यालयका प्रधानाध्यापक प्रधानाध्यापक डोरबिक्रम श्रीसले बताए । क्लोथ बैंककमा स्थानीयले सहयोग गरेर विद्यार्थीलाई आवश्यक सामाग्रीहरु राखिदै आएको श्रीसले बताए

क्लोथ बैंकलाई झोला प्रदान गरेकोमा फेन्सी तथा कपडा व्यवसायीलाई प्रधानाध्यापक श्रीसले धन्यवाद दिए । व्यवसायीबाट विद्यालयको लागि आगामी दिनहरुमा पनि रचनात्मक सहयोगको अपेक्षा सधैं आवश्यक रहेको उनले बताए ।

जिल्ला सदरमुकाम तम्घासमा रहेको विद्यार्थीले सामुदायिक विद्यालय अन्तर्गत पढाइमा अब्बल रुपमम स्थापीत भएको छ । विद्यालयमा हाल करिब १ हजार ६ सय विद्यार्थी अध्ययनरत छन्

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।