गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा विजयी भई रनिङ शील्ड जितेको खुसीयालीमा मुसिकोट नगरपालिकाले विजय उत्सव मनाएको छ । लगातार ३ पटक विजयी भई रनिङ शील्ड जितेको विजय उत्सव मनाएको छ ।
गुल्मी तम्घासको चिदिचौर खेल मैदानमा माघ २४ गतेदेखि २६ गतेसम्म संचालन भएको जिल्ला स्तरिय १४ औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीतामा मुसिकोट नगरपालिकाले लगातार तीन बर्ष विजय प्राप्त गरेको हो । नगरपालिकाले प्रतियोगीतामा सहभागी खेलाडीहरु सहित जनप्रतिनिधि र स्थानीयको सहभागीतामा विजय उत्सव मनाएको हो ।
विजयी र्यालीमा उपाधी चुमेका रनिङ शील्ड र कप सहित बजारमा बाजा गाजा सहित र्याली गरिएको थियो । विजयी उत्सवमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनोद कुँवरले तीन वर्षको मेहनत पछि ठूलो उपलब्धी हात पर्न सफल भएको बताउनुभयो । उहाँले खेलकुद कर्मी खेलसँग चासो राख्ने सबैको अथक प्रयासले मात्रै यो उपलब्धी भित्रिएको बताउनुभयो ।
मुसिकोट नगरपालिकाका उपप्रमुख गंगा श्रेष्ठले सबैको सहयोग यो उपलब्धी हासिल गरेको बताउनुभयो । नगरप्रमुख जीवन खरेलले नगरपालिकाको गरिमा उच्च हुने गरी प्रतियोगीतामा विजयी हासिल गर्ने सम्पूर्ण खेलाडीहरुलाई बधाई दिनुभयो । उहाँले नगरपालिकाले खेल क्षेत्रमा आवश्यकतानुसार बजेट विनियोजन गरी खेल क्षेत्रलाई प्राथमिकता दिएर अगाडी बढेको बताउनुभयो ।
खेलमा मुसिकोटले १७ स्वणर्, २० रजत र २३ कास्य गरेर ६० पदकसहित प्रथम भएको हो । प्रतियोगीतामा सहभागी खेलाडी र समन्वय गर्ने शिक्षकहरुलाई नगरपालिकाले सम्मान र पुरस्कृत समेत गरेको छ । विभिन्न खेलमा सहभागी भई पदक जित्ने खेलाडीहरुलाई सम्मान गरिएको हो ।