पृथ्वी माध्यामिक विद्यालयमा चार लाखको अक्षयकोष स्थापना

0 350

सूर्य सुनार फागुन ४, गुल्मी
गुल्मी जिल्लाको मुसिकोट नगरपालिका ३ मा अवस्थित पृथ्वी माध्यामिक विद्यालयमा ओमबहादुर थापाले चार लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । स्वर्गीय बुवा इन्द्रबहादुर थापाको स्मृतीमा अक्षयकोष स्थापना गर्नुभएको हो ।
मुसिकोट नगरपालिका ३ मैदान जन्म घर भई हाल वेल्जीयम कर्म स्थान गराउनुभएका विद्यालयका पूर्व विद्यार्थी ओमबहादुर थापाले अक्षयकोष स्थापना गर्नुभएको विद्यालयका प्रधानाध्यपक चन्द्रबहादुर पाण्डेले जानकारी दिए ।
थापाले स्थापना गरेको अक्षयकोष संचालन निर्देशिका अनुसार अक्षयकोष राष्ट्रिय वाणिज्य बैंकमा मुद्धति खातामा राखी वार्षिक आउने ब्याजको ८० प्रतिशत रकमबाट उत्कृष्ट हुने विद्यार्थीलाई प्रोत्साहन रकम उपलब्ध गरिने र २० प्रतिशत रकमबाट सोको व्यवस्थापनका लागि प्रयोग गर्ने प्रधानाध्यापक पाण्डेले बताए ।
पृथ्वी माध्यामिक विद्यालयमा बुवा तथा थापा परिवारको शिक्षा प्रतिको मोह तथा शिक्षा क्षेत्रमा प्रेरित गर्ने गरेको सम्झनामा विद्यालयमा चार लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको ओमबहादुर थापाले बताए । कक्षा आठ सम्म आफूले पनि सोही विद्यालयमा पढ्ेको र पृथ्वी माध्यामिक विद्यालयमा थापा परिवारको सुरुवात देखी नै नजिकको सम्बन्ध रहेको समेत बताउनुभयो ।
आफूले अध्ययन गरेको विद्यालयमा अक्षयकोष स्थापना गरी विपन्न, गरिब अभिभावक विहिन बालबालिकाहरुको साहरा बन्न पाउँदा धेरै खुशी लागेको बताए ।
शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि गरिब, विपन्न, जेहेन्दार विद्यार्थीलाई प्रोत्साहित गर्न जरुरी भएको र त्यसका लागि कोषले महत्त्वपूर्ण भूमिका खेलेको प्रधानाध्यपक पाण्डेको भनाइ छ । “आर्थिक समस्याकै कारण कतिपय विद्यार्थीलाई कापी, कलम, पोशाक जुटाउन पनि समस्या छ”, पाण्डेले भने, “विद्यालयमा स्थापना गरिएका अक्षयकोषले कयौँ विद्यार्थीको अध्ययनमा सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।
अक्षयकोषबाट आउने व्याजबाट बार्षिक १० जना भन्दा बढि गरिब, विपन्न वा अभिभावक विहिन परिवारका विद्यार्थी लाभावित हुने विद्यालयका प्रधानाध्यपक पाण्डेले बताए ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।