गुल्मीमा १ हजार ६ सय बढि भूमिहीनलाई निस्सा वितरण

0 82

अनिल खत्री
२९ फागुन, गुल्मी । गुल्मी जिल्लामा १ हजार ६ सय बढिलाई निस्सा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीद्धारा रेसुंगा नगरपालिका बाहेक ११ पालिकामा १ हजार ६ सय बढिलाई निस्सा वितरण गरिएको हो ।
समितिले पछिल्लो साढे दुई वर्षको अवधिमा गरिएको कार्यविवरण राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीले मंगलबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । भूमिहीन सुकुम्वासी र अव्यवस्थितलाई जग्गा वितरण गर्नु पूर्व दिइने एक प्रकारको प्रमाण निस्सा रहेको छ ।

समितिले पछिल्लो साढे दुई वर्षमा जिल्लाका १२ स्थानीय तहका दुई हजार पाँच सय ९९ लाभग्राही भएको तथ्यांक निकालेको राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीका अध्यक्ष राममल्ल ठकुरीले बताए । उनका अनुसार, जसमा भूमिहीन दलित तीन सय आठ, भूमिहीन सुकुम्वासी दुई सय ६१ र अव्यवस्थित बसोबासी दुई हजार ३० गरी कुल दुई हजार पाँच सय ९९ लाभग्राही रहेका छन् ।
राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मील हालसम्म जिल्ला स्तरीय पत्रकार सम्मेलन, राजनीतिक दलहरुसंग सर्वदलिय बैठक सम्पन्न, भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको प्रारम्भिक विवरण माग गरी केन्द्रमा पठाएको, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रशासकीय अधिकृत र सरोकारवा कार्यलयसंग अभिमुखीकरण कार्यकम सम्पन्न गरेको पत्रकार सम्मेलनमा बताइएको थियो । त्यस्तै धुर्कोट, मदाने र गुल्मीदरबार गरी ३ वटा स्थानीय तहको सम्झौता केन्द्रमा भएको तथा बाँकी ९ वटा स्थानीय तहको सम्झौता जिल्लामै गरिएको, पहिलो चरणको १२ वटा स्थानीय तहमा भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत संकलन तथा स्थानीय अधिकारको काम कर्तव्य र अधिकारकार बारे अभिमूखीकरण सम्पन्न गरिएको छ ।

जिल्लाका ११ वटै स्थानीय तहमा निस्सा वितरण÷ रेसुंगा नगरपालिकामा वितरण गर्ने तयारी, रुरक्षेत्र गाउँपालिका, मुसिकोट नगरपालिका र चन्द्रकोट गाउँपालिकामा जग्गा नापजाँचको कार्य सम्पन्न भएको, रुरुक्षेत्र गाउँपालिकामा कार्य अन्तिम चरणमा पुगि सात दिने सूचना प्रकाशित गर्ने तयारी, मदाने गाउँपालिकामा जग्गा नापजाँचको लागी १५ दिने सूचना प्रकाशित गरेको छ । त्यस्तै अधुरा अपुरा कामको पुरानो आयोगमा पेश भएका फाइलहरु अध्ययन गरी सो को पहिचानका लागि मालपोत कार्यालयमा पठाइएको, विगतका आयोगले वितरण गरेका जग्गाधनि प्रमाणपूर्जा÷श्रेष्ताका आवश्यक थप पुरक प्रमाणहरु पेश गर्नसूचना प्रकाशित गरिएको छ ।

ad

नापी कार्यालय गुल्मी र मजुवामा विगतका आयोगले वितरण गरेका जग्गाधनि प्रमाण पुर्जा÷श्रेष्ताका नक्सा सिट माग गरिएको, गुल्मी जिल्लाका १२ वटै स्थानीय तहबाट निर्णय र प्रमाणित भइ आएका भूमिहिन दलित भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासी को जिल्ला समितिबाट निर्णय गरी तीन पुस्ते पारिवारिक जग्गा पहिचानको लागि मालपोत कार्यालयमा पठाइएको र सो कार्य सम्पन्न भई निस्सा वितरण गरिएको छ ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीका विज्ञ सदस्य तिलाचन पाण्डेका अनुसार भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई तीन सय ४० वर्गमिटिर जग्गा पाउनेछन् । त्यस्तै कृषि प्रयोजनका लागि तीन हजार वर्ग मिटर, अव्यवस्थित बसोवासीहरुका लागि एक हजार वर्ग मिटर, कृषि प्रयोजनका लागि दश हजार वर्ग मिटर र भूमिहिन दलित, भूमिह सुकुम्वासी र अव्यवस्थित बसोबासीमा दोहोरो लिन नपाइने समितिका विज्ञ सदस्य पाण्डेले जानकारी दिए ।
स्थानीय तहमा प्रमुख तथा अध्यक्षको संयोजकत्वमा प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने गरी सहजीकरण समिति गठन गरिएका छन् ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।