गुल्मीमा अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाइयो

0 213

सूर्य सुनार चैत्र ८ गुल्मी
आज २१ मार्च अर्थात् अन्र्तराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस गुल्मीमा मनाइएको छ । विभिन्न कार्यक्रमको आयोजना गरी ५९ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाइएको हो ।
नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कमिटी गुल्मीको आयोजनामा जातीय विभेद उन्मूलन दिवस तम्घासमा गरेर सम्पन्न भएको हो ।
जातिय भेदभाव गर्न नपाईने स्पष्ट कानुनी व्यवस्था भएपनि पछिल्लो समय जातिय भेदभाव तथा छुवाछुतका घटना वृद्धि भइरहेको भन्दै दलित समुदायका अधिकारलाई सुनिश्चित गर्नुपर्ने नेपाल उत्पीडित जातीय मुक्ति समाज लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण विश्वकर्माले बताउनुभयो । जातीय विभेद र छुवाछुतलाई समग्रमा अन्त्य गर्ने अभियानलाई अघि बढाउन र मुक्ति समाजलाई अझ बलियो बनाउन पनि आग्रह गर्नुभयो ।
नेकपा एमाले गुल्मीका पार्टी उपसचिब धर्म सुनारले समाजले छुवाछुत मुक्त राष्ट्रको वकालत गदै आएको भन्दै मानवको बाँच्न पाउने भेदभावरहित समाजको निर्माण गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कमिटी गुल्मीका पूर्वअध्यक्ष नारायण सुनार जुना विश्वकर्माले दलित समुदायलाई भोट बैंकका रुपमा मात्रै प्रयोग नगरी पार्टीले दलित समुदाय माथि भएका विभेदको अत्य गर्न आग्रह गर्नुभएको थियो ।
नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कमिटी गुल्मीका अध्यक्ष दिपक सुनारको अध्यक्षता रहेको कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष बालसिंह काउछा लगायतको उपस्थित रहेको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।