गुल्मीको छत्रकोटमा उखु महोत्सव हुने

0 285

 

अनिल खत्री

गुल्मी । गुल्मीमा उखु महोत्सव हुने भएको छ । जिल्लाको छत्रकोट गाउँपालिकाको आयोजनामा एक दिने उखु महोत्सव हुने भएको छ । उखु खेतीलाई प्रवद्र्धन र बजारीकरणमा टेवा पुर्याउने उदेश्यले गाउँपालिकामा वैशाख ७ गते एक दिने उखु महोत्सव हुन लागेको प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले बताए । गाउँपालिकाले गतवर्ष सुन्तला महोत्सव गरेको थियो ।

ad


पालिका भित्र मुख्य रुपमा उत्पादन हुँने सुन्तला र उखु खेतीले परिचित छ । कृषकलाई उखु खेतीमा आकर्षण र बजारीकरणमा टेवा पुर्याउने उदेश्यले गाउँपालिकाले यसवर्ष उखु महोत्सव गर्न लागेको पालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए । कृषकको सम्मान र बजारीकरणमा टेवा पुर्याउने मुख्य उदेश्य पालिकाले लिएको अध्यक्ष पाण्डेको भनाइ छ । महोत्सवमा कृषकले उत्पादन गरेका उखुका परिकारहरु खुदो, गुडका विभिन्न परिकार प्रर्दशन गरिने भएको छ । उखुलाई पेल्ने तरिका र गुड खुदो तयार गर्ने तरिका बारे कृषकले नमूना रुपमा प्रर्दशन गर्ने कार्यक्रम रहेको छ । छत्रकोट वडानम्बर–१ हुँगा, वडानम्बर–३ हर्दिनेटा, वडानम्बर–४ दिगाम, वडानम्बर–५ खज्र्याङ उखु पकेट क्षेत्र हुन् । पालिका भित्रका वडाहरु मध्ये वडानम्बर–४ मा धेरै कृषकहरु उखु खेतीमा लागेका छन् । गाउँपालिकामा ७० मेट्रिक टन खुदो उत्पादन भएकोे गाउँपालिकाका कृषि शाखा प्रमुख प्रदिप पन्थले बताए ।

यहाँका करिब ३ सय जना कृषकले उखु खेती गर्दै आएका छन् । यसक्षेत्रमा उखुबाट बनेको खुदो, गुड बेचेर करिब १ करोडको करोबार हुने गरेको पन्थले बताए । अहिले गुडको बजार मूल्य प्रतिकेजी ३०० रुपैयाँ र खुदोको मूल्य १७५ रुपैयाँ रहेको छ । यी क्षेत्रमा किशानले प्रशस्त मात्रामा उखु खेती गर्दै आएका छन् । यतिबेला किशानलाई उखु काट्न, पेल्न, खुदो, गुड बनाउन व्यस्त छन् । ग्रामिण क्षेत्रका पाखो बारीमा लगाएको उखुले रसबाट खुदो र गुड बनाएर बजारमा बिक्री गरी गुल्मीका कृषकले मनग्य आम्दानी गर्दै आएका छन् ।


यस क्षेत्रका कृषकले परम्परागत शैलीमा गर्र्दै आएको उखु खेतीलाई प्रविधिको विकाससंगै आधुनिक मेसिनको प्रयोगले खुदो र गुड बेचेर जिविको पार्जन गर्ने मुख्य आम्दानीको स्रोत बनाएका छन् । यि क्षेत्रमा उत्पादन भएको गुड र खुदो गुल्मी सदरमुकाम तम्घास, रिडी, पाल्पा, बुटवल, पोखरा, काठमाडौंका शहरदेखी बिदेशसम्म प्रख्यात छ । जिल्लाबाट अनेत्र शहरमा जानेहरुले गुल्मीको गुड र खुदो कोसेलीका रुपमा लैजाने प्रचलन पनि रहेको छ । यहाँको गुड अर्गानी भएकाले एकपटक प्रयोग गरेकाले पुनः खोजी खोनी खाने गर्दछन् ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।