चन्द्रकोट १ दिब्रुङ्गमा दुई तालिम सम्पन्न

0 411

महेश बोहरा, जेठ ८,२०८१ गुल्मी ।

हरेक क्षेत्रमा सबैको क्रियाशिलता सवल एवं सक्षम चन्द्रकोट, भष्ट्रचारमा शुन्य सशनशिलता भन्ने मुख्य नाराका साथ चन्द्रकोट गाउँपालिकामा सीपमुलक तालिम सम्पन्न भएको छ । गरिबी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम मेडपा अन्र्तगत वडा चन्द्रकोट गाउँपालिकाको वडा नम्बर १ मा दुई तालिमहरु सम्पन्न भएका हुन । व्यवसायिक मौरिपालन सम्बन्धी आधारमूत सिपमुलक तालिम र महिला लक्षित कार्यक्रम अन्तर्गत  महिलाहरुका लागि मुढा बुन्ने सीपमुलम तालिम सम्पन्न भएका छन ।

आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्यक्रम अन्र्तगत तालिम सञ्चालन भएको हो । बैशाख १९ गते देखि जेठ २ गते सम्म महिलाहरुका लागी मुढा बुन्ने सीपमुलम तालिम सञ्चालन भएको थियो । जसमा वडा नम्बर १ का विभिन्न स्थानबाट १८ जना महिलाहरु सहचागी भएको उद्यम विकास सहजकर्ता मनिषा कंडेलले जानकारी दिनुभयो । तालिममा राम्रो संग मुढा बुन्न सक्ने भएको र आगामी दिनमा व्यवसाकि बनाउनदै लैजाने सहभागी महिलाहरुले बताएका छन ।

ad

व्यवसायिक मौरिपालन सम्बन्धी आधारमूत सिपमुलक तालिम ४ दिनसम्म सञ्चालन भएको थियो । जसमा मौरी पालक महिला तथा पुरुष १७ जना व्यवसायीहरुको सहभागीता रहेको थियो । उनिहरुलाई आवश्यक पर्ने सामाग्रीहरु मौरीको घार, टोपी पञ्जा लगायतका सामाग्रीहरु वितरण समेत गरिने छ । गाउँपालिकाले मागमा आधारित रहेर विभिन्न वडाहरुमा तालिम सञ्चालन गरेको उपाध्यक्ष बिष्णुप्रसाद भण्डारीले बताउनुभयो ।

गाउँपालिकाको वडा नम्बर ५ मा महिलाहरुका लागी जुत्ताचप्पल बनाउने, वडा नम्बर ७ मा मौरी पालन सम्बन्धी तालिम, वडा नम्बर २ मा आलुखेतीसम्बन्धी तालिम, वडा नम्बर  ६ मा मौरी पालन सम्बन्धी स्तरोन्नी तालिम सम्पन्न भएको उद्यम विकास सहजकर्ता मनिषा कंडेलले जानकारी दिनुभयो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।