कमल खत्री, शान्तिपुर गुल्मी ।
हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड गुल्मी शाखाले १७ औं गणतन्त्र दिवसको अवसरमा टिसर्ट वितरण गरको छ । मंगबार गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका शान्तिपुर बजारमा विभिन्न कार्यमा आबद्ध ७५ जना भन्दा बढी श्रमिकहरुलाई शाखा प्रमुख अन्जु पुनको उपस्थितिमा टिसर्ट वितरण कार्यक्रम गरिएको हो । हिमालयन लाइफ इन्स्योरेन्सले सामाजिक उत्तरदायित्व अन्र्तगत देशभरका विभिन्न जिल्लामा मौसम अनुसार टिसर्ट र ज्याकेट वितरण अभियान सन्चालन गरेको छ । यो अभियान निरन्तर अगाडि बढ्ने शाखा प्रमुख पुनले बताउनुभयो ।
जिल्लाको चन्द्रकोट गाउँपालिका–४ शान्तीपुर बसपार्कमा आयोजित उक्त टिसर्ट वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष युवराज केसी, गाउँपालिका उपाध्यक्ष बिष्णुप्रसाद भण्डारी, उद्योग बाणिज्य संघका अध्यक्ष तेज बहादुर थापा (तेजेन्द्र), इलाका सामुदायिक विद्युत चन्द्रकोटका अध्यक्ष सिद्धबहादुर थापा, बजार ब्यबस्थापन समितिका पधाधिकारीहरु लगायत शाखाका कर्मचारी साथै सिनियर एजेन्सी म्यानेजर तथा एजेन्सी म्यानेजरहरुको उपस्तिथि रहेको थियो । चन्द्रकोट गाउँपालिकाले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्स गुल्मीका ११ जना कर्मचारीहरुले रक्तदान समेत गरेका छन । चन्द्रकोट गाउँपालिकाले हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड गुल्मी शाखालाई प्रशंसा पत्रले सम्मान गरेको थियो ।
साथै कम्पनिले आफ्नो १६ औं बार्षिकोत्सवको अवसरमा जेठ २२ गते रेसुङ्गा नगरपालिकाको तम्घास बजारमा पनि करिब ७५ भन्दा माथि टिसर्ट वितरण कार्यक्रम गर्ने शाखा प्रमुख पुनले जानकारी दिनुभयो ।