५० लाखको लागतमा रेसुंगा स्केट पार्क

0 49

तम्घास,जेठ २३
गुल्मीमा ५० लाखको लागतमा तम्घास रेसुंगा स्केट पार्क सञ्चालनमा आएको छ ।
बि एन सी गु्रपले रेसुंगा नगरपालिका वडा नम्वर एकमा ५० लाखको लागतमा तम्घास रेसुंगा स्केट पार्क संञ्चालनमा ल्याएको सञ्चालक चन्द्रकान्त भट्टराइले जानकारी दिनुभयो ।
पछिल्लो समयमा बालबालिकाहरु मोवाइलमा ब्यस्त हुने, अन्य क्षेत्रको बारेमा जानकारी नहुने र मनोरोगी समेत हुन सक्ने भएकाले त्यसलाई मध्यनजर गर्दै पार्क सञ्चालनमा ल्याएको उहाँको भनाई छ ।
पार्कको उद्घाटन गर्दै वडा अध्यक्ष रामप्रसाद पन्थीले खेल क्षेत्रले स्वस्थ्य रहन र अन्य कुलतका क्षेत्रहरुमा लाग्नबाट बचाउन सक्ने बताउनुभयो । नगरपालिकाले यस क्षेत्रको थप बिकासका निम्ती सधै साथमा रहेको दाबी गर्नुभयो ।
बि एन सी गु्रपले रेसुंगा सहित देशका विभिन्न स्थानमा गरी सातवटा शाखा सञ्चालनमा ल्याएको छ ।
तम्घास रेसुंगा स्केट पार्क । तस्बिर ः तिलाचन पाण्डे

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।