महेश बोहरा, गुल्मी
हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड गुल्मी शाखाले एक कार्यक्रमका बीच उत्कृष्ट कर्मचारी सम्मान तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड गुल्मी शाखा प्रमुख अन्जु पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड लुम्बिनी प्रदेश उप प्रमुख जुना कुँवरको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड अर्घाखाँची शाखा प्रमुख दिनेश सुनारको विशिष्ट आतिथ्यता रहेको थियो। कार्यक्रममा विभिन्न विधामा कर्मचारीहरुलाई पुरस्कृत गरिएको थियो ।
आफ्नो व्यक्तिगत कोड तर्फ वार्षिक लक्ष्य हासिल गर्ने एजेन्सी म्यानेजर सिता खत्री, लेखनाथ पुन र सरिता महतलाई सम्मान गरिएको थियो । यस्तै टिम विजनेस गर्ने एजेन्सी म्यानेजर युवराज खत्री, तारा कार्की, र चिन्तामणी ढकाललाई पुस्कृत गरिएको थियो । कार्यक्रममा बर्ष भरीमा सबैभन्दा बढी नयाँ अभिकर्ता बनाउने एजेन्सी म्यानेजर हिरादेवी ढकाललाई सम्मान गरिएको थियो। हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड गुल्मीबाट एकैदिन मा व्यक्तिगत कोड मा १० लाख प्रथम बिमा शुल्क जारी गरी इमर्जिङ्ग स्टार बन्नु भएको एजेन्सी म्यानेजर सिता खत्री लाई सोही पदकबाट सम्मान गरिएको थियो। निरन्तर ५ बर्षसम्म हिमालयन लाइफ इन्स्योरेन्स गुल्मी शाखामा कार्यरत अपरेसन एन्चार्ज निर्मला थापालाई पनि संस्थाले सम्मान गरेको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड गुल्मी शाखा प्रमुख अन्जु पुनले बताउनुभयो ।
आर्थिक वर्ष २०८०/०८१ मा उत्कृष्ट व्यवसाय गरेर मासिक तलब लिनुहुने धेरै एजेन्सी म्यानेजर हरुलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा एजेन्सी म्यानेजर कमला बस्नेत क्षत्री, मिरा कार्की, ओमकला थापा, लक्ष्मी आचार्य पन्थी, निर बहादुर घर्ति मगर, प्रमिला पुन, हिरादेवि ढकाल, घनश्याम गौतम, चिन्तामणी ढकाल, लक्ष्मी ज्ञवाली अधिकारी, विमा सिंजाली, मनिषा पोखरेल, सकुन्तला थापा, माया जिसी, प्रकाश सारु, युवराज केसी, तारा कार्की, कल्पना सुनार, पवित्रा खत्री, नविन सिंजाली, सरस्वती थापा, लेखनाथ पुन, सरिता महत्त र सिता खत्री रहनुभएको छ । कार्यक्रममा मार्केटिङ्ग म्यानेजर बसन्ता पन्थीले स्वागत मन्त्ब्य राख्नुभएको थियो भने हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड अर्घाखाँचीका शाखा प्रमुख दिनेश सुनारले कार्यक्रमका बारेमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड लुम्बिनी प्रदेश उप प्रमुख जुना कुँवरले हरितालिका तिज पर्वको शुभकामना दिदै सबै महिला दिदिबहिनी हरुलाई आत्मनिर्भर बन्न आग्रह गर्नुभयो । आफुलाई आवश्यक पर्ने जुनसुकै सामाग्रीहरु आफै किन्न सक्ने बन्ने ठाउँ हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड भएको दाबी गर्नुभयो । उहाँले देश कै ठुलो बिमा कम्पनी हिमालयन लाइफ इन्स्योरेन्समा जोडिएर काम गर्न सके आफुले जुनसुकै बेला जहाँ जे सहयोग गर्न समेत तयार रहेको बताउनुभयो । हिमालयन च्याम्पियन लिडर्स तथा दर खाने कार्यक्रममा जिल्लाभरबाट १ सय पचास भन्दा बढी अभिकर्ताको सहभागीता रहेको थियो । कार्यक्रम पश्चात दर खादै तिजका गित गाउँदै एकआपसमा नाचगान गरेर रमाईलो गरिएको थियो।