लेकाली सहकारीको ३२ औं साधारण सभा शुरु

0 5

अनिल खत्री
१० कात्तिक, गुल्मी ।  लेकाली स्वावलम्बन वचत तथा ऋण सहकारी संस्था लिमिटेड तम्घास गुल्मीको ३२ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशन शुरु भएको छ । जिल्ला सदरमुकाम तम्घासमा शुरु भएको सहकारीको वार्षिक साधारणसभाको उद्घाटन रेसुंगा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीले गरेका हुन् ।
साधारण सभामा संस्थाका सचिव बलबहादुर कुँरले सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष कृषप्रसाद पोखरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा प्रधान कार्यालय रहेको शहकारीको करिब ४ हजार शेयर सदस्यहरु रहेका छन् ।
सभामा संस्थाले करिब ६७ करोड आयव्यव प्रस्तुत गरिएको थियो । साधारणसभाको उद्घाटन गर्दै नगरप्रमुख पन्थीले सहकारीले रोजगारी सिर्जना गरी स्थानीयस्तरमा पनि ठुलो टेवा पु¥याईरहेको बताए ।
उनले निजी क्षेत्रले पनि सामाजिक उत्तरदायित्वका स्वरु विभिन्न कार्यक्रमहरु गरेको प्रति प्रशंसा गरे । कार्यक्रममा अवसरमा सहकारीले जेष्ट सदस्यहरूलाई सम्मान गरेको छ ।
यस्तै एसईईमा उत्कृष्ट अंक ल्याएर पास हुने शेयर सदस्यहरूका  छोराछोरीहरूलाई पनि सम्मान गरिएको छ । यस्तै उत्कृष्ट उत्कृष्ट बचतकर्ता उत्कृष्ट काम गर्ने एक जना कर्मचारीलाई समेत सम्मान गरिएको थियो ।
सहकारीकाअध्यक्ष गोपाल पन्थीको अध्यक्षता रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीको प्रमुख आतिथ्यता, रहेको थियो । संस्थाका उपाध्यक्ष देवराज पाण्डेको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण सचिव बलबहादुर कुँवरले गरेका थिए ।
साधारण सभाले नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुदैछ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।