मुसिकोट नगरपालिकाले घरदैलोमै पुगेर सेवा प्रवाह गर्दै

0 38

सूर्य सुनार
कार्तिक १४, गुल्मी
गुल्मीको मुसिकोट नगरपालिकाले घरदैलोमै पुगेर सेवा प्रवाह गरेको छ । नगरपालिकाले बुधबार सिम्ले सामुदायिक सेवा केन्द्रको शुभारम्भ गर्दै सेवा दिएको हो ।
मुसिकोट नगरपालिकाको ९ वटा वडा मध्ये भूगोलको आधारमा सबैभन्दा ठूलो वडा रहेको १ नम्बर वडा कार्यालय पौदी अमराईबाट टाढा रहेका बस्तीहरुलाइ सेवा प्रवाहमा जोड्न र नागरिकलाई सहज ढङ्गले सेवा दिन नगरपालिकाले सामुदायिक सेवा केन्द्रको सुभारम्भ गरेको नगरप्रमुख जीवन खरेलले बताउनुभयो ।
कुनै पनि सेवा लिन वडा कार्यालय सम्म धाउनुपर्ने समस्याको अत्य भएको नगरप्रमुख खरेलले बताउनुभयो । स्थानीय सरकार भनेको नागरिकको नजिकको सरकार भएको हुँदा नगरपालिकाले घरदैलोमा गएर सेवा दिने बताउनुभयो ।


बिवाह दर्ता, उपभोक्ता समिति मार्फत हुने योजनाको सम्झौता, सिफारिस, मालपोत संकलन र प्राविधिक सल्लाह जस्ता काम सामुदायिक सेवा केन्द्रबाट गरिएको मुसिकोट नगरपालिकाका योजना शाखा प्रमुख प्रकाश घिमिरेले बताउनुभयो ।
मुसिकोट नगरपालिका वडा नम्बर १ सिम्लेका नागरिकहरु घरदैलोबाट सेवा लिन पाउँदा निकै खुशी भएका छन् । नगरपालिकाले घरदैलोमै आएर सेवा दिदाँ स्थानीय सरकार भएको महशुस भएको डमर बहादुर धर्तीले बताउनुभयो ।


त्यस्तै आर्का एक स्थानीय नर बहादुर खातीले सामुदायिक सेवा केन्द्रबाट पहिलो योजनाको सम्झौता गर्दै नगरपालिकालाई धन्यवाद दिनुभएको थियो । पहिले योजना सम्झौता गर्न वडा देखी नगरपालिका सम्म जानु पर्ने थियो । तर नगरपालिकाले सामुदायिक स्वास्थ्य सेवा केन्द्रको स्थापना गरेर घरदैलो बाट सेवा प्रवाह गर्दा खुशी लागेको बताउनुभयो ।

 

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।