सूर्य सुनार
पुस १९, गुल्मी
आधुनिकताले छपक्कै छोपेको नेपाली समाजमा पुराना, कला, संस्कृति र परम्परा ओझेल पर्दै जान थालेका छन् । तर गुल्मी जिल्लाको रिर्डस पब्लिक हाई स्कूलले पछिल्लो समय मौलिक संस्कृति लोप हुने अवस्था सिर्जना भएको भन्दै यसको संरक्षणमा चासो देखाएको छ ।
रिर्डस पब्लिक हाई स्कूलले फुट फेस्टिभल कार्यक्रम गरेको छ । स्थानीय खानेकुरालाई प्रवद्र्धन गर्नका लागि स्थानीय परिकार खुवाउने र विद्यार्थीहरुलाई यस बारे जानकारी दिने उदेश्यले फुट फेस्टिभल कार्यक्रम गरेको स्कूलका सहायक प्रिन्सीपल टिका भलामीले जानकारी दिनुभयो ।
जिल्लाको सदरमुकाम तम्घासमा रहेको स्कूलले विभिन्न समयमा फरक फरक प्रकृतिका कार्यक्रम गर्ने गरेको छ । सोही अवसरमा शुक्रबार स्कलूले फुट फेस्टिभल, सांस्कृतिक कार्यक्रम, खेलकुद प्रतिस्पर्धा र विद्यार्थीहरुले तयार गरेका विशेष शौक्षिक सामग्री प्रदर्शनी गरेका थिए । रिर्डस पब्लिक हाई स्कूलका विद्यार्थीले कला संस्कृति र पराम्पराको संरक्षण गर्ने उदेश्यले पुराना गीतमा नृत्य गरेका थिए । विभिन्न जातजाति भाषा धर्मको भेषभुषामा साना विद्यार्थीले नृत्य प्रस्तुत गरेका हुन् ।
साना विद्यार्थीलाई पुराना संस्कृतिबारे जानकारी गराउँदै उक्त संस्कृतिको संरक्षण र प्रवद्र्धनमा लागिपरेको विद्यालयका प्रिन्सीपल श्रीप्रसाद भलामीले बताउनुभयो । फुट फेस्टिभलले विद्यार्थीहरुलाई पुराना खानेकुरा सम्बन्धी थाहा हुने भलामीले बताउनुभयो ।
रेसुङ्गा नगरपालिका नगरपालिका उपप्रमुख अमृतादेवी कुँवरले स्कूलको अन्य विद्यालयलाई पनि सकारात्मक सन्देश दिएको बताउनुभयो । पुराना कला संस्कृतिबारे नयाँ पुस्तालाई थाहा दिने र यसको संरक्षण्मा लाग्न उत्प्रेरण दिएको बताउनुभयो ।
विद्यार्थीले देश भक्ति गीत, तीज गीत, सोरठी, कौडा, मारुनी, देउडा, थारु नाच, सालैजो, झाम्रे, यानिमाया, सकेलाm लाखे, तामाङ्ग गीतमा आकर्षक नृत्य प्रस्तत गरेका थिए ।