नेपाल रेडक्रस सोसाइटी मुसिकोट बडागाउँ उपशाखाको सभापतिमा मदनदिप घिमिरे निर्वाचित

0 252

सूर्य सुनार
पुस २८, गुल्मी
नेपाल रेडक्रस सोसाइटी मुसिकोट बडागाउँ उपशाखाको सभापतिमा मदनदिप घिमिरे निर्वाचित हुनुभएको छ । जिल्लाको मुसिकोट नगरपालिका ३ ठूलापोखरामा भएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।
आठौँ साधारण सभा तथा चौथो अधिबेशनबाट नेपाल रेडक्रस सोसाइटी मुसिकोट बडागाउँ उपशाखाको सभापतिमा मदनदिप घिमिरे निर्वाचित हुनुभएको छ । उपसभापतिमा सावित्रा घिमिरे, सचिब बोम बहादुर छन्तेल, उपसचिब महेन्द्र घिमिरे, कोषाध्यक्ष अर्जुन घिमिरे, सहकोषाध्यक्ष सुमेन्द्र सिंह ठकुरी निर्वाचित हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा कमल आचार्य, कृष्ण सूर्यवंसी, बसन्त अधिकारी, सावित्रा घिमिरे विष्ट, नरिनारायण घिमिरे निर्वाचित हुनुभएको सहकोषाध्यक्ष सुमेन्द्र सिंह ठकुरीले जानकारी दिनुभयो ।


नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीका उपमन्त्री महेन्द्र भण्डारीले जिल्लाभर बडागाउँ उपशाखाले विपत्तको क्षेत्रमा काम गर्दा पहिलो भएको बताउनुभयो । आगलागी, बढी पहिरो जस्ता विपद्धमा मुसिकोट बडागाउँ उपशाखाले प्रशंसनिय काम गरेको भण्डारीले बताउनुभयो ।
उपमन्त्री भण्डारीले नवनिर्वाचत कार्यसमितिलाई नयाँ र विपद्धको क्षेत्रमा काम गर्दा वास्ताविक समस्यामा परेका नागरिकको पक्षमा काम गर्न सुझाव दिनुभएको थियो ।
नेपाल रेडक्रस सोसाइटी मुसिकोट बडागाउँ उपशाखाका सभापति मदनदिप घिमिरले विपद्धको समयमा विभिन्न प्रकारका सहयोग जिल्लामा गरिएको बताउनुभयो । आगलागी बढिपहिरो जस्ता ठूला विपत्तमा रेडक्रस सधै नागरिकको साथमा रहेको बताउनुभयो ।
जहाँ विपद् त्यहाँ रेडक्रस भन्ने गरिन्छ उहाँले भन्नुभयो, रेडक्रसले विपदमा परेका व्यक्तिहरुको उद्धार देखि राहत सम्मका सामाजिक कार्यमा अग्रसर भएर लाग्दै आएको घिमिरेले बताउनुभयो ।
कार्यक्रममा विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि, पृथ्वी माध्यामिक विद्यालयका प्रधानाध्यापक टिका बहादुर धर्ती मगर लगायत स्थानियको उपस्थित रहेको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।