वषौंदेखि फरार प्रतिवादी पक्राउ गर्दै गुल्मी प्रहरी

0 23

अनिल खत्री
२ माघ, गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले यस आर्थिक बर्षको पौष मसान्तसम्ममा गरेका कार्यसम्पादनको समिक्षा गरेको छ । प्रहरीले हालसम्म गरेका गतिविधिको बारेमा पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
यस आर्थिक  प्रहरी कार्यालय गुल्मीले केही नयाँ र रचानात्मक कार्यक्रम गरेको छ । वषौंदेखि विभिन्न अभियोग लागेर फरार भएका मध्ये पौष मसान्तसम्म प्रहरीले १९ जनालाई पक्राउ गरेर जिल्ला अदालतमा कैद भुक्तानका लागि पठाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलले बताए ।
प्रहरी उपरीक्षक भुजेलका अनुसार हालसम्म जिल्लामा २ सय ५ जना फरार प्रतिवादी रहेका थिए । जसमा विभिन्न स्थानबाट १९ जनालाई पक्राउ गरिसकेको छ ।
प्रहरीले सार्वजानिक गरेको तथ्यांक अनुसार हालसम्म १ सय ८८ जना प्रतिवादी फरार सुचीमा रहेका छन् । प्रहरी कार्यालय गुल्मीले अवैध नदिजन्य पदार्थ उत्खननबाट ८८ हजार राजश्व संकलन गरेको छ ।
त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय मार्फत २ हजार ४ सय ४५ सवारी कारबाहीबाट १८ लाख ९६ हजार राजश्व संकलन गरेको छ । १२ वटा स्थानीय तह रहेको गुल्मीमा प्रहरीले सामुदायिक कार्यक्रम गरेको छ ।
जसमा आत्महत्या न्यूनिकरणका ६० वटा कार्यक्रम स.चालन गरेको छ । त्यस्तै जबरजस्तीकरणी २१, बाल विवाह ६ महिला हिंसा १३, साईवर २२, बालयौन दुव्र्यवाहार सम्बन्धि ३० वटा कार्यक्रम संचालन गरेको हो । लैंगिक २८ र चोरीका ३८ वटा कार्यक्रम समुदायस्तरका नागरिकमा तहमा पुर्याएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
जिल्लाभरका विभिन्न स्थानमा प्रहरीले प्राकृतिक रुपमा उम्रिएका अवैध ४ सय ६० वटा गाजााका बोटहरु नष्ट गरेको छ । पछिल्लो तीन बर्षयता त्रि वर्षीय मुद्धा दर्ताको संख्यामा वृद्धि आएको छ ।
आर्थिक बर्ष २०७८/०७९ मा २  सय २२ मुद्धा दर्ता भएका थिए । यस आर्थिक वर्षको पौष मसान्तसम्ममा २ सय ३७ पुगेको प्रहरी निरीक्षक भुपेन्द्र थापाले बताए । जिल्ला प्रहरी कार्यादय गुल्मीले यस आर्थिक बर्षमा दर्ता भएका १ सय २ मुद्धा भएका थिए ।
जसमध्ये ३४ वटा फछयौंट गरिसकेको छ भने असिमित हदम्यादका ६५ वटा बाँकी छन् । दुईवटा मुद्धा चालु अवस्थामा रहेका छन् ।
जघन्य अपराधमा दर्ता भएका १० वटा मुद्धामध्ये ८ वटा फछयौंट भईसकेका छन् । दुईवटा मुद्धा बाँकी छन् ।
हिरासत व्यवस्थापनका लागि प्रहरी कार्यालय गुल्मीले सिसि टिभि को व्यवस्था सहित महिला पुरुष र बालबालिकाका लागि छुट्ट–छुट्टै निगरानी कक्षको व्यस्था गरेको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानमा ८९ वटा सिसि क्यामेरा जडान,आत्माहत्या न्यूनिकरणका लागि ४९ वटा समुदायस्तरमा सचेतनामुलक कार्यक्रम, लैंगिक, घरेलु, महिला तथा बालबालिका विरुद्ध हुने हिंसा न्युनिकरणका लागि जिल्लास्तरमा ६५ पटक कार्यक्रम गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।