सूर्य सुनार
माघ ४, गुल्मी
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको निन्दा गर्दै गुल्मी जिल्ला अदालत बार एसोसिएसनले घटनामा संलग्नहरूमाथि कारबाहीको माग गरेको छ । एसोसिएसनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो ।
सहकारीको मुद्दामा पीडित जाहेरवालाको तर्फबाट बहस गर्न वरिष्ठ अधिवक्ता त्रिपाठी जिल्ला अदालत काठमाडौं पुग्नुभएको थियो । तर, फर्किने वेला मूलगेटमा उहाँमाथि भिडले हातपात गरेको थियो । यसरी कानुन व्यवसायीउपर भौतिक आक्रमण भएकोप्रति गुल्मी जिल्ला बारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । गुल्मी जिल्ला बार अध्यक्ष अधिवक्ता गोपालप्रसाद खनालद्वारा जारी विज्ञप्तिमा यो जघन्य आपराधिक कार्यमा जिम्मेबार जो कोही भएपनि छानबिन गरी कानुन बमोजिम कारवाहीको जोडदार माग गरेको छ ।
उक्त अराजक घटना देशभरका सम्पूर्ण कानून व्यवसायीको लागि गम्भीर आपत्तिको विषय भएको हुनाले हामी उक्त घटनाको घोर भत्र्सना समेत गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।