घार्ले माविका विद्यार्थीलाई न्यानो कपडा वितरण

0 35

सूर्य सुनार
माघ ९, गुल्मी
गुल्मीमा जन्मदिनको फलुज खर्च कटौती गरेर विद्यालयमा जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका ३ ठूलापोखराका विष्णु कार्कीको जन्मदिनको अवसरमा घोर्ले माविका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।
रेसुङ्गा नगरपालिका– १३ को घोर्ले माविमा पढ्ने विद्यार्थीहरुलाई न्यानो कपडा विरतण गरेको हो । विद्यालयमा पढ्ने ४३ जना जेहेन्दार तथा आर्थिक रुपले विपन्न विद्यार्थीलाई न्यानो ज्याकेट वितरण गरिएको विद्यालयका प्रधानाध्यपक हिरासिंङ्ग सराङ्गकोटीले बताउनुभयो ।
घोर्ले माध्यामिक विद्यालयका विद्यार्थी मिरा खत्रीको श्रीमान विष्णु कार्कीको जन्मदिन तथा मिराको सासुआमा स्वा. प्रमेकुमारी कार्कीको सम्झनामा विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।


विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्दै मिरा खत्रीको बुवा गोपाल खत्रीले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई चिसोबाट बच्न र अध्ययन गर्न सहज हुने बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक हिरासिंङ्ग सराङ्गकोटीले विद्यार्थीहरुलाई चिसोबाट बच्न सहयोग पुग्ने बताउनुभयो । जन्मदिनमा फजुल खर्च नगरेर सामाजिक कार्यमा गरेको सहयोगको प्रशंसा गर्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुम खत्रीले आफूले अध्ययन गरेको विद्यालयमा केही गर्नुपर्छ भन्ने उदेश्यले सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो । “धन प्राय सबैले कमाउन्छन्, सहयोग गर्ने समाजमा कम हुने हुँदा फजुल खर्च गर्नुको सट्टा समाजिक क्षेत्रमा सहयोग गर्न सके पुण्य मिल्ने बताउनुभयो । आगमी दिनमा पनि विद्यालयमा यस्तै सहयोगका कार्यक्रमलाई निरन्तरता दिन उहाँले आग्रह गर्नुभएको थियो ।
विद्यालयमा सहयोग गर्ने विष्णु कार्की र मिरा खत्री हाल अमेरिका हुनुहुन्छ । उहाँहरुले जिल्लामा ठूलो विपत्तको समयमा पनि विभिन्न प्रकारका सहयोग गर्दे आउनुभएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।