स्वच्छ खानेपानी खुवाउन लुम्बिनी प्रदेश सरकार लागि परेको छ – मन्त्री कार्की

0 32

सूर्य सुनार
माघ १३, गुल्मी
लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले सबै नागरिकलाई पुग्ने गरी स्वच्छ खानेपानी खुवाउन प्रदेश सरकार लागि परेको बताउनुभएको छ । आइतबार तम्घास बृहत् खानेपानी उपभोक्ता समितिको नवौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।
लुम्बिनी प्रदेश सरकारले आगमी बर्षमा खानेपानीका योजनालाई विशेष प्राथमिकता दिने मन्त्री कार्कीले बताउनुभयो । साथै तम्घास बृहत् खानेपानी उपभोक्ता समितिलाई समेत सहयोग गरिने उहाँले बताउनुभयो ।
संविधानमा भए अनुसार काम गर्नुपर्ने तर देशको आर्थिक अवस्था कमजोर रहेकोले सोचे अनुसार काम हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो “भाषण गर्दा नेताले आजको भोली गर्छु भन्ने तर आर्थिक अवस्था देशको के छ भनेर ख्याल नगर्दा जनतामा आर्थिक विकास हुन नसकेको बताउनुभयो ।
पछिल्लो समय सामाजिक संञ्जालमा सकारात्मक कामको प्रचार गरेपनि नकारात्मक कमेन्ट गर्ने काम भइरहेकाले सत्यतालाई ख्याल गर्न आग्रह गर्नुभएको थियो ।
लुम्बिनी प्रदेशका सांसद डिल्लीराज भुसालले तम्घास बृहत् खानेपानी उपभोक्ता समितिले राम्रो काम गरेको भन्दै प्रशंसा गर्नुभएको थियो ।
प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम, नेपाली कांग्रेश लुम्बिनी उपसभापति भुवनप्रसाद श्रेष्ठ, गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरी पौडेल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।