सूर्य सुनार
माघ २२, गुल्मी
गुल्मी जिल्लाको महेन्द्र नमूना माध्यामिक विद्यालयले सरस्वतीे पूजाको अवसरमा विभिन्न कार्यक्रम गरि अक्षराम्भ गरेकोे छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १ तम्घासमा रहेको विद्यालयले सरस्वतीको पूजा तथा साना बालबालिकाहरूलाई अक्षराम्भ गराएको हो । सरस्वतीकालाई विद्या र बुद्धिकी ज्ञाता मानिन्छ, जसको कारण आजको दिन विद्यालय नपठाएका साना बालबालिकाहरूलाई अक्षराम्भ गराउने चलन छ ।
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन पर्ने यो दिनमा सरस्वतीको पूजा तथा आराधना ग¥यो भने ज्ञान, विद्या, बुद्धि बढ्ने जनविश्वास रहेको छ । यो दिन बालबालिकाहरूलाई लेखपढ गर्न सिकाए उनीहरूले राम्रो विद्याआर्जन गर्ने धार्मिक विश्वास रहेको छ । स्कूलहरूले विभिन्न कार्यक्रमको आयोजना गरि भव्यताका साथ सरस्वति पूजा मनाएको छ ।
महेन्द्र नमूना माध्यामिक विद्यालयका प्रधानाध्यपक कृष्णप्रसाद मरासिनीले विद्यालयले गुणस्तरिय शिक्षा प्रदान गरेको बताउँदै यस विद्यालयमा नयाँ बालबालिकालाई विद्यालय भर्ना गराउन आग्रह गर्नुभएको थियो ।
रेसुङ्गा नगरपालिका शिक्षा शाखा प्रमुख पिताम्बर पन्थीले महेन्द्र नमूना माध्यामिक विद्यालयको सुरुदेखी नै अहिले सम्म गुणस्तरिय शिक्षा प्रदान गरेको भन्दै प्रशंसा गर्नुभएको थियो ।
जिल्ला शिक्षा तथा समन्वय इकाइ प्रमुख थानेश्वर गौतमले जिल्लामा शौक्षिक गुणस्तर र यस विद्यालयले उत्पादन गरेका जनशक्ति देशको ठूलो आहोदामा पुगेको हुँदा यस विद्यालयको छुट्टै पहिचान रहेको बताउनुभयो ।
रेसुङ्गा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष एवंम विद्यालयका कार्यवाहक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद पन्थीले विद्यालयले समय अनुसारको शिक्षा प्रदान गर्दै आएको बताउनुभयो । विद्यालयलाई विभिन्न समयमा सहयोग गर्ने प्रति धन्यवाद व्यक्त गर्नुभएको थियो ।
सरस्वतीको पूजा तथा अक्षराम्भ कार्यक्रममा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्कूल झोला समेत वितरण गरिएको थियो । कार्यक्रमको संचालन विद्यालयका सुचना अधिकारी शालिकराम पन्थीले गर्नुभएको थियो ।