जनता बालनिकेतन माबिको स्वर्णमहोत्सवको चौंथो दिनका कार्यक्रमहरु सम्पन्न, भोली समापन हुने ।

0 131

महेश बोहरा, माघ ३० गुल्मी ।।
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ८ तुराङ्ग पिपलपाटामा जनता बालनिकेतन माध्यमिक विद्यालयको स्वर्णमहोत्सवको चौंथो दिनका कार्यक्रमहरु सम्पन्न भएका छन । माघ २७ गते देखि सुरु भएको कार्यक्रमको चौंथो दिनमा चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीको प्रमुख आतिथ्यता रहेको थियो । विगत ४ दिन देखि सञ्चालन भएको कार्यक्रममा खेलकुद तथा साँस्कृतिक कार्यक्रमहरु संचालन भएको अतिथि स्वागत विभाग उपसमिति संयोजक बाबुराम बोहोरा विपिनले जानकारी दिनुभयो ।
आज भएको कार्यक्रममामा प्रमुख अतिथि युवराज केसीले बोल्दै विद्यालयमा भौतिक संरचना निर्माण भएकोले गुणस्तरमा ख्याल गुर्नपर्ने बताउनुभयो । उहाँले पालिकाले हरेक कदममा साथ दिने समेत बताउनुभयो । यस्तै प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले पछिल्लो समयमा जनता बालनिकेतन माध्यमिक विद्यालयमा राम्रो सुधार गरेको बताउनुभयो । उहाँले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा छात्रा तर्फ उत्कृष्ट हुन सफल भएकोमा बधाई दिनुभयो ।

आज भएको साँस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकारहरु लाँलुमाया कुँवर, प्रकाश गौतम, रमेश विशुकर्मा अनि स्थानिय कलाकार लगायतको प्रस्तुती रहेको थियो । यस्तै भोली पनि बिष्णु श्रीर्पाली, बिष्णु संजाली मगर, स्थानिय कलाकार रुपा राना मगरको प्रस्तुती रहने विद्यालय स्रोतले जानकारी दिएको छ ।

ad

कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष नन्दराम अर्यालको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजिवी लगायतको सहभागीता रहेको थियो । विद्यालयले स्वर्णमहोत्सव सफल पार्नका लागि आर्थिक अभियान समेत सञ्चालन गरेको प्रधानाध्यापक सुवास अर्यालले जानकारी दिनुभयो । कार्यक्रमको भोली जिल्ला समन्वय समिति प्रमुख द्रोण बहादुर खत्रीको प्रमुख आतिथ्यतामा समापन हुने छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।