सूर्य सुनार
फागुन २, गुल्मी
श्रेष्ठ कन्ट्रक्सनका प्रोपाइटर तथा गुल्मी निर्माण व्यवसायी महासचिब हरिकुमार श्रेष्ठ सम्मानित हुनुभएको छ ।
उहाँलाई समयमै गुणस्तरीय भवन निर्माण गरेको भन्दै जिल्लाको मालिका गाउँपालिकामा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा सम्मानित गरेको हो । श्रेष्ठलाई समयमै उत्कृष्ट भवन निर्माण गरेको भन्दै मालिका थाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहको अवसरमा पुर्व प्रधानमन्त्री प्रचण्डले सम्मानपत्र सहित सम्मान गर्नुभएको हो ।
गुणस्तरीय निर्माण कार्य गरी निर्माण क्षेत्र तथा सामाजिक क्षेत्रमा समेत छुट्टै पहिचान बनाउनुभएका सफल युवा निर्माण व्यवसायी श्रेष्ठ यस अगाडि पनि जिल्लाका विभिन्न स्वास्थ्य चौकीको अत्याधुनिक भवनहरु, नगरपालिकाको प्रशासकिय भवन र रेसुङ्गा विमान स्थलको समयमै निर्माण कार्य सम्पन्न गरेको भन्दै सम्मानित हुनुभएको थियो ।
जिल्लाका ठूला विकासका योजनाहरु निर्माण व्यवसायीको तर्फबाट समयमै सम्पन्न गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वपरराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवाली र पूर्व श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टबाट उहाँ सम्मानित हुनुभएको छ ।
कार्यक्रममा सम्मान ग्रहण गर्दै श्रेष्ठले आफुलाई निर्माण कार्यमा थप उर्जा प्राप्त भएका बताउनुभयो ।