गुल्मी प्रशासनलाई व्हील चेयर प्रदान

0 28

सूर्य सुनार
२ फागुन, गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीलाई लुम्बिनी प्रदेशका सांसद डिल्लीराज भुसालले व्हील चेयर प्रदान गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने अशक्त तथा अपाङ्गता भएका नागरिकको सहजताका लागि एक थान व्हील चेयर प्रदान गरेका हुन् ।
सांसद भुसालले व्हील चेयर शुक्रबार प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमलाई हस्तान्तरण गर्नुभएको हो । प्रशासनमा सेवा लिन आउने अशक्त तथा अपाङ्गता भएका नागरिकले पाइरहेको दुख देखेपछि व्हील चेयर प्रदान गरेको सांसद भुसालले बताए ।
प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले जिल्ला प्रशासन कार्यालयलाई व्हील चेयर प्रदान गर्नुभएको भन्दै सांसद भुसाललाई धन्यवाद दिए । अशक्त नागरिकको सहजताको लागि गरिएको यो सहयोग पुण्य कार्य भएको बताए ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।