गुल्मीमा विद्यार्थीहरु पढ्दै कमाउदै, प्रभावकारी बन्दै कार्यक्रम

0 19

सूर्य सुनार
फागुन १६, गुल्मी
गुल्मीमा पछिल्लो समय विद्यार्थीहरु अध्ययन संगै श्रम संग जोडिएका छन् । कतिपय स्थानीय सरकारले पढ्दै कमाउँदै कार्यक्रम विद्यालयमा लागु गरेर समेत विद्यार्थीहरुलाई श्रम संग जोडेका छन् ।
गुल्मी जिल्लाको मालिका गाउँपालिका ८ स्थित मालिका माद्यामिक विद्यालयमा विगत ५ वर्ष देखि प्राविधिक धार अन्र्तगत बाली विज्ञान विषय अध्यापन भैइरहेको छ । त्यसैमाथी मालिका गाउँपालिकाले गत वर्ष देखि पढदै कमाउदै सिक्दै कार्यक्रम लागू गरे संगै प्राविधिक शिक्षा थप प्रभावकारी बन्दै गएको छ ।
मालिका माद्यामिक विद्यालयका विद्यार्थीको हातमा हिजोआज कापी कलम संगै कृषि औजार र उपकरण पनि हुने गर्दछ । किनकी ९ रोपनी जग्गामा विद्यार्थीलाई माछा ,च्याउ,आलु ,खाद्यान्न बाली तथा विभिन्न प्रजातिका तरकारी उत्पादन र बिक्री वितरण गर्न भ्याईनभ्याई छ ।
आधुनिक प्रविधि बाट कृषि गर्न सिक्नुका साथै शैक्षिक खर्च समेत जुट्ने गरेको विद्यार्थी नवीन पन्थी बताउनुहुन्छ । अहिले ८२ जना विद्यार्थी पढ्दै कमाउदै र सिक्दै कार्यक्रममा जोडिएका छन् । पढेर कृषि गर्दा लगानी कम लाग्ने ,उत्पादन धेरै हुने विद्यार्थीको अनुभव छ । यहि अनुभवलाई आफुहरुले घरमा पनि अभ्यास गर्ने विद्यार्थी तुलसी ज्ञवाली बताउनुहुन्छ ।
वार्षिक करिब एक लाख लगानी बाट २ लाख १५ हजार बराबरको कृषि उपज आम्दानी हुने विद्यालयको अनुमान रहेको छ । पढदै कमाउदै सिक्दै कार्यक्रमको राम्रो प्रभावले विद्यार्थीको आकर्षण बढेको प्राविधिक शिक्षक वसन्त पराजुलीले बताउनुभयो ।
पढ्दै कमाउदै सिक्दै कार्यक्रमले दिवा खाजालाई अर्गानिक बनाउनुका साथै विद्यालय परिसर हरभरा र विद्यार्थीलाई श्रम संग जोडेको छ । साथै शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई उत्पादनसँग जोड्ने गाउँपालिकाको उदेश्य सफल हुँदै गएको पालिकाको दावी छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।