गुल्मीको मुसिकोट नगरपालिकाद्धारा नारी दिवसमा नौँ जना कर्मचारी सम्मानित

0 191

सूर्य सुनार
फागुन २४, गुल्मी
गुल्मीको मुसिकोट नगरपालिकाले ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा दलित तथा अल्पसंख्यक महिला शिक्षक र कर्मचारीलाई सम्मान गरेको छ ।
नगरपालिका भित्र रहेका स्थायी कर्मचारीलाई नगरपालिकाले शनिबार नगरपालिकाको सभाहलमा एक कार्यक्रमका बिच सम्मान गरेको हो । नगरपालिकाले ७ जना महिला शिक्षक र २ जना कर्मचारीलाई सम्मान पत्र, दोसाहलाले सम्मान गरेको मुसिकोट नगरपालिकाका सुचना अधिकारी समुन्द्र रायमाझीले जानकारी दिनुभयो ।
मुसिकोट नगरपालिका नगरप्रमुख जीवलाल खरेल जीवनले महिला शिक्षक र कर्मचारीलाई सम्मान गर्दै दलित तथा अल्पसंख्यक महिला, पिछाडिएको समुदायको साथमा नगरपालिका सधै रहेको बताउनुभएको थियो । नगरपालिकाले महिलाहरुको क्षमता र सीप विकासका लागि विभिन्न कार्यक्रम गर्दै आएको नगरप्रमुख खरेलले बताउनुभयो ।
मुसिकोट नगरपालिका उपप्रमुख गंगा श्रेष्ठले महिलालाई आर्थिक रूपमा सवल बनाउनुपर्नेमा जोड् दिनुभएको थियो ।
नगरपालिकाले क्षमता अभिवृद्धि र हिंसामुक्त समाज निर्माण गर्न महिलाका लागि आयआर्जनका कार्यक्रम गर्दै आएको प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गिरीले बताउनुभयो ।
नगरपालिकाले नारी दिवसका दिन महिला शिक्षक र कर्मचारीलाई सम्मान गर्दा सम्मानित हुने खुशी हुनुभएको थियो ।

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।