युवा संग सुमन विशेष अन्तरक्रिया कार्यक्रम तम्घासमा सम्पन्न

0 474

युवा संग सुमन देशव्यापी अन्तरक्रिया अभियान, कार्यक्रम बुद्धजयन्तीको अवसरमा गुल्मीमा गरिएको छ । सोमबार जिल्लाको सदरमुकाम तम्घासमा एक कार्यक्रमका बिच उक्त कार्यक्रम गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक माधव खरेलले वर्तमान अवस्थामा खलवलिएको राष्ट्र, राष्ट्रियता र नेपाली एकता कायम गर्न युवामा असल, कुसल र विशाल अर्थात सुमन भएमा सम्भव भएको बताउनुभयो । वर्तमान अवस्थामा युवाहरुमा घढ्दै गएको राष्ट्र, राष्ट्रियता र नेपाली एकता प्रतिको दायित्वलाई यो अभियानले युवाहरुलाई राष्ट्रभक्ति बनाउन मदत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमका सभापति युवा संग सुमन देशव्यापि महा अभियानका संस्थापक अध्यक्ष सुमन पाण्डेले युवा संग सुमन र आफ्नो नाम सुमन संयोगले पर्न गएको बताउँदै यदी युवा संग कुसल, असल र विशाल मन भएमा देशको करिब ५० प्रतिशत युवा जनशक्तिलाई रुपान्तरण गरि वर्तमान अवस्थामा खलवलिएको राष्ट्र, राष्ट्रियता र नेपाली एकता कायम गर्न सम्भव हुने बताउनुभयो । दैनिक रुपमा बढ्दै गएको भ्रष्ट्रचार, कुशासन, सामाजिक विकास, खबरदारी सिप मुलक, ज्ञान अभिवृद्धीमा युवा एकता र सहकार्य गर्दै व्यक्तित्व विकास गर्न विशुद्ध गैर राजनितिक भेलाको युवा संग सुमन देशव्यापी अन्र्तक्रिया अभियानको आयोजना गरिएको हो ।

ad

जनताले जनप्रतिनिधि तोकि सकेको अवस्थामा हामी जनताका माग पुरा गराउन खबरदारी गरी दिगो विकासको पहरेदार बन्न इछुक सम्पुर्ण राष्ट्र भक्तियुवा युवाहरुलाई युवा संग सुमन महा अभियानमा जोडिन आवाह गर्नुभएको छ ।

नवप्रर्वतनकारी, ज्ञान, सिपयुक्त, शिर्जनशिल युवाको जागर. समृद्धीको आधार भन्ने मुल नाराका साथ कार्यक्रम गरिएको थियो । कार्यक्रमको विशेष अतिथि समाजसेवी रामप्रसाद पन्थी, कार्यक्रमको संचालक विष्णु पाण्डेले गर्नुभएको थियो ।

युवा संग सुमन देशव्यापी महाअभियान अन्र्तगत गुल्मी जिल्ला संयोजक डा.मदन भण्डारी र सहसंयोजक मदन भण्डारीको नेतृत्वमा ६१ सदस्य समिति निर्माण गरिएको छ । रेसुङ्गा नगरपालिकाको संयोजक बादल काजी श्रेष्ठले गर्नुभएको छ । यस अभियानलाई जिल्लाका १२ वटै स्थानीय तहमा संचालन गरिने बताइएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।