स्थानीय निर्वाचन भित्रको गाउँको विकास

0 532

पहाडी इलाका त्यस्मा पनि जिल्लाको पछिल्लो भेगको मतदानको लागि बाहिरबाट गाउँ छिर्दाको अबस्थालाई नियालेर हेर्दा विकास, निकास र विनास भन्ने कुरामा अडिएर हेर्दा विकास नभएको पनि होइन,संगै विनास पनि नभएको होइन।स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर हेर्ने हो भने गाउँको बिकासको नेतृत्व कहाँ गएर अड्किएको छ । नेतृत्व गर्ने पङ्तीमा क्षमता कुशलता र नैतिकताको खाचो भएकै हो त,अहिलेका राजनीतिक दलका प्रतिनिधिलाई चुनाव कसरी जित्ने भन्ने मात्रै थाहा छ।जितिसकेपछी के गर्ने भन्ने ज्ञान शुन्य छ।सत्तामा जानेलाइ अब के गर्ने भन्ने कुनै पुर्व तयारि हुदैन।

यसरी गाँउको बिकासे खाका कहाँबाट कस्ले निकाल्नेरुकसरी गर्नेरुजित्नेहरुले पाच बर्षका लागि मात्रै बिकास गर्ने मनशाय हुदा हाम्रो विकास कता जादैछरुउम्मेदवारहरु आफ्नो जितको लागि साम दाम दण्ड भेद अपनाउन समेत पछि नपरेको देखियो।आफ्नो सत्ता कब्जाको लागि जनताको मताधिकारको कहिले सम्म दुरुपयोग गर्नेरुजितेपछी के गर्ने भन्ने सम्म थाहा नहुने प्रतिनिधिले कति र कहिले सम्म जनतालाई प्रलोभनमा पारिरहन्छ्न ।प्रलोभन क्षणिक हुन्छ गाउँमा जनताको लागि विकास दिगो चाहिएको छ।यस्तो आफू जितौ भन्ने चुनावी अभियानले लोकतन्त्रलाई कता धकेलिरहेको छ१महिलाको समान सहभागीताले सम्म सहि ठाँउ पाएको देखिएन अझ पढेलेखेका शिक्षित वर्गले सम्म यसैलाइ हातेमालो गरेको देखिन्छ।

गाउँमा सहि योग्य र कुशल उम्मेदवार नभएको पनि होइन तर चुनाव मुखी नेतृत्वले पुजिपती,धनी,डन बनेका समाज हडप्ने किसिमका जनप्रतिनिधि छानिने परिपाटीको अन्त्य कहिले हुन्छरुचुनावी एजेन्डा प्रतिबद्धता बिना निस्किएको नेतृत्वले एक दलले अर्को दललाई सखाप पार्ने मनस्थितिमा दौडिएको पाइयो।खासमा स्वतन्त्र राजनीति जग खै,आदर्शको राजनीति ,वैचारिक राजनीति सकिएकै हो तरुयस्तै विविध प्रश्नले जनमानसमा कौतुहलता नजगाएको पनि होइन होला।जुनसुकै दलका प्रतिनिधिमा पनि ग्रामीण विकासको लागि लचिलोपन नभएको पाइयो।विकास भन्ने बित्तिकै भौतिक पुर्वाधार जस्तै सुबिधायुक्त राजमार्ग,निरन्तर बिजुली,सबै ठाँउ पुग्न सक्ने स्थलमार्ग,नजिकै विध्यालय,प्राथमिक स्वास्थ्य चौकी,सुबिधासहितको अस्पताल,सबै घरमा टेलीफोन,ईन्टरनेट सेवा बुझिन्छ।जस्ले गर्दा सबैलाई खुशी,मनमा शान्ति र सन्तुष्टि दिन सकोस् ।

ad

विकास बहुआयामिक विषय हो,समाज जति जटिल छ विकास पनि त्यति नै जटिल हुन्छ।समाज सहज हुँदा विकास पनि सहजता तिर जान्छ। विकास निरन्तर हुने प्रक्रिया हो,यस्को विगत हुन्छ,बैधता हुन्छ।बिकासका नाममा हामीले खोजेको उन्नति,प्रगति र सम्वृद्दी हो।बिकासका नाममा द्दण् किलोमीटर बाटोबाट बढाएर घछ किलोमीटर बनाउनु या बन्नु वृद्धि मात्रै हो विकास होइन । विकास नागरिकको अनुभुती र सन्तुष्टि हो।
विकास कस्तो कस्का लागि भन्ने कुरा आइरहदा हामी विकास यस्तो उस्तो हुनुपर्छ भनेर बोलिरहेका नै हुन्छौ।शासन व्यवस्था र आर्थिक व्यवस्था एक अर्कामा अन्तरसंबंधित हुन्छ्न।मुख्य कुरा को मान्छे शासक छ भन्दापनी उसले कसरी शासन गर्छ भन्ने कुरा प्रमुख हो।विकास गर्न बसेकाको धाक,धम्की र असक्ष्मताको ढाक्छोप र बिकास भोग्न बसेका या खोजेकाहरुको माग र असन्तुष्टिबिच बिकास साच्चिकै चपेटामा परेको छ।विकासमा खटिएका ठेकेदार तथा परामर्शदाता पनि प्रायः झोलामै कार्यालय राख्ने परेका छ्न।काम पाउन कमिसन बुझाउनु,कामना ठग्नु ठगेबापत फेरि कमिसन बुझाउनु आदिले बिकास हुनुमा बाधा पुरयाइरहेको देझिन्छ।बिकासमा तथ्यगत तथ्यांकलाई केलाएर हेरेको बिकास भन्दा नागरिकले अनुभुती गरेको बिकास महत्त्वपूर्ण हुन्छ।बिकासको फल कहिले पाक्ला र खाउला भनेर बाटो हेर्दाहेर्दै दिन दिनै आफ्नो जीवन बिताउछ्न।अनि प्रायः जसो मानिस बिकासको फल आइसकेपछि टिप्न नसकेरै मर्छ्न।मुलतः बिकास जब सम्म पछाडी पारिएका जनता र आधारभुत वर्गका जनतासम्म अनुभुति हुनेगरी उनीहरुको जिवनमा परिवर्तन आउदैन त्यो बिकास होइन।जबसम्म वर्गीय हिसाबले अति गरिबहरुको जिवनमा परिवर्तन आउदैन भने त्यो बिकासले गरिबिलाइ बेचेर बिकासे कारखानाका लागि नाफा कमाउछ।बोलिरहेको चलनचल्तीको बिकासे गफ र बुझाइले गरिबलाई झन गरिब बनाउछ।राज्य व्यवस्थाका विभिन्न संरचनामा भएको समावेशीकरणले केही न्यून गरेको भएपनी यहि समुदायको गरिब र विपन्न वर्गलाई समेट्न सकिरहेको छैन।

खासमा बिकास गरिब र विपन्न बर्गका लागि हुनुपर्छ ।कोहि किन गरिब हुन्छरुवा गरिबी बाट किन उम्कन सक्दैन भन्ने प्रश्न महत्वोपुर्ण हो,यसमा आफ्नाआफ्ना बुझाइ हुन सक्छ्न।मार्क्सबादी बिस्लेसणमा रुचि राख्नेहरु के भन्छ्न भने समाजमा रहेको विभेद ९हुनेखाने र हुदा खाने बिचको विभेद ०नै समस्याको जरो हो।हाम्रो देशकोकरिब दुइतिहाइ गरिबहरु ग्रामीण क्षेत्रमा नै छ्न।अझ भन्नुपर्दा कृषिसंग नै गासिएका छ्न।कृषि क्षेत्रको ज्यालादारिमा लागेका घरपरिवारहरु निकै गरिब छ्न।निर्वाहमुखी कृषिले आर्थिक वृद्धि त हुदैन दैनिक जिवन निर्वाहमा समेत सहजता महसुस गर्न सकिँदैन।
एकपटक गाउको अबस्थालाई नियालेर हेर्दा पहाडमा बस्ती छ,बस्तीमा जन्ता छ्न।भोट त्यही बाट आउँछ।अनि भोट पाउने आशामा राजनीतिक दलहरु तिनका सहि या गलत्सबै मागमा एक्यवद्धता जनाउछ्न।ठिक र बेठिक छुट्टाउन सक्ने गरि सचेत भैनसकेका जन्ता लहलहैमा बिकास बिरोधि बनिदिन्छ्न।उस्तै परे आफुले कुन र कस्तो प्रतिनिधि छ्नौट गर्ने भन्ने कुरामा अलमलमा परेका हुन्छन् ।आफ्नो लागि जनता समक्ष आफुलाइ घुडा टेकाएर प्रलोभनमा पारेर भोटको लागि राजी बनाएर फर्किन्छ्न जनप्रतिनिधिहरु।बिकासे योजनाकार,बिकासे नेता र बिकासे प्रशासकहरु पहाडमा बिकास पुर्वाधार बनाउने र जनतालाई विस्थापन गर्ने कुरा गर्छ्न।वर्सेनी डोजर चलाएर पहिरो र भूक्षयले वातावरण मात्र होइन जिउधनकै नोक्सान गरिरहेको छ।हामी कमजोर चट्याङको पहाडमा बस्छौ भन्ने चेतना कहिले आउनेरुबिकासले प्राकृतिक प्रकोप बढाउने कि घटाउनेरुग्रामीण बिकासका लागि आउने गरेको बिकासे कार्ययोजना,बजेटले सहि ठाँउ पायो तरुबिकासमा खटिएका ठेकेदार तथा परामर्शदाताले निस्पक्ष रूपमा गाउँका जनताको बिकासको लागि पसिना चुहाएकै छन तरुहामिले आफै आफ्नो गाउँको छेउछाउको बिकास,बिनास,बिभेद,पक्ष र विपक्ष सबै हेरौ त ।
सर्वसाधारणले प्रश्न उठाउन सक्ने र हामीसङ्ग त्यसको जवाफ नहुने निर्णय गरिरहेको पाइन्छ।हामी किन एकै ठाँउमा श्रोतको दुरुपयोग गर्न उद्द्त्त छौरु
निर्वाचन, बिकास र नेतृत्वलाई नजिक राखेर हेर्दा सामाजिक मनोभावना र आबस्यकतालाई गहन रूपमा विश्लेषण गरि स्थानीय सरकारले सबै क्षेत्रसङ्ग समन्वय गरि निति तथा कार्ययोजना अगाडी ल्याउन पहल गर्नुपर्छ।नेताले भिजन बनाउने हो।त्यो भिजनलाई कार्यान्वयन गर्न कस्तो नीति आबस्यक पर्छ भन्ने विज्ञहरुको सल्लाह लिने परिपाटीको बिकास हुनुपर्दछ।श्रोत र साधनको पुर्नवितरणमा समानता हुनुपर्ने देखिन्छ।नागरिकको क्रयशक्ति कति छरुसामाजिक अबस्थाको बिकास कस्तो छरुगरिबी कस्तो छ यसलाइ आन्कलन गरि हेर्नुपर्दछ।
संचारको क्षेत्रमा हुलाक सेवामा केही कमि आएको तथा विदेशमा रहेका आफन्तसङ्ग अहिले सजिलै भाइवर,स्काइप,,मेसेन्जरबाट फोनमा कुरा गरेर सन्चो बिसन्चो खबर पाउनु मात्रै बिकास हो भन्नू गलत हुन जान्छ।गाउँमा बिजुली छैन कम्प्युटर जानेका मान्छे छैनन् भनेर सुचना प्रविधिको बिकास नगर्ने कुरा हुदैन।मोबाइलफोन ईन्टरनेट उद्योगमा आएको व्यबहारिक पक्षलाई हामीले विस्तार गर्दै लानुपर्छ।दैनिक जिवनमा आइपर्ने समस्या जस्तै बिरामी पर्दा प्राथमिक उपचारको जानकारीको सुबिधा,खेतिबालीमा तथा पशुपन्क्षीमा लागेको रोग पहिचान र तिनको समाधानका उपाय पनि सजिलै आफ्नै गाउघर आगनमा पाउन सक्ने हुनुपर्दछ।बाटो घाटो र बिजुली जस्तै बिकासको अर्को पक्ष भनेको ग्रामीण स्वास्थ्य चौकीमा विशेषज्ञ डाक्टरहरुको पनि सुबिधा पुर्याउनु हो। स्वास्थ्यका विसयमा धेरै नागरिकहरु सचेत भैसकेका छैनन् ।सुत्केरी हुने द्व्खी अन्य साधारण समस्या एक्सरे,ल्याब जस्ता विसयका कुराको पहुचमा हामी धेरै पछाडि छौ।

अभाव हुनु राम्रो कुरा हो,अभावले दुख मात्रै दिदैन विकल्पको बाटो पहिल्याउन समेत मद्दत गर्दछ। स्थानीय तहका स्वास्थ्य सस्थामा ब्लड प्रेसर,सुगर,पिसाब,महिला स्वास्थ्य सम्बन्धि जाँच जस्ता विविध समस्याहरु प्रती लक्ष्यित स्वास्थ्य सेवा संचालनमा ल्याउनु पर्ने देखिन्छ।जेष्ठ नागरिकहरुको लागि घरमै स्वास्थ्य जाँच सेवा कार्यक्रम अघि बढाउनु राम्रो देखिन्छ,यस्ले नागरिकहरुले सरकारको सेवा घरदैलोमा आएको अनुभुती गर्न सक्छ्न।

बिरामीले आफुलाइ दुख पर्दा प्रत्यक्ष डाक्टरसङ्ग ईन्टरनेटको प्रयोगद्वारा प्रस्न राख्न सकुन।पखला लाग्दा वीर अस्पतालको डाक्टरसङ्ग सल्लाह लिन पाउन । फ्री वाइफाइ जोनबाट लाभ भोग गर्न सकुन।
शिक्षा क्षेत्रको विकासका लागि विद्यार्थीहरुलाइ स्थानीय जडिबुटी,सम्बन्धि शिक्षा,ऋतु अनुसार कुन खाना खाने कसरी खाने भन्ने स्वास्थ्य बर्द्क शिक्षा,योग,अनुशासन,यौन शिक्षा,सहयोगात्मक सामुहिक ज्ञान आत्मियता तथा सौहार्दता जस्ता विविध पक्षका कुराहरु समेटी छुट्टै कक्षाहरु संचालनमा ल्याउनु राम्रो हुनेछ।
कृषि क्षेत्रको विकासका लागि कम्तिमा पनि आफ्नो घरपरिवार पालिन सक्ने किनेर खानु नपर्ने गरि उत्पादनमा हातेमालो गरौ।उत्पादित बस्तुहरुको लागि बजार व्यवस्थापनमा अझ राम्रो सङ्ग लागि परौ।
बिकासको लागि इच्छाशक्ति हुनुपर्छ,परिणाममुखी काम गर्नुपर्छ।परनिर्भरबाट आत्मनिर्भर हुन धेरै समय लाग्दैन।जुन नेतृत्वसङ्ग बिचार र व्यबहारको तारतम्य छ उनिहरुबाट नै बिकासको नेतृत्व सम्भव छ। जसले असल नियत र उपाए भएका मान्छेहरुलाइ लिएर संगसंगै समाधानको बाटो खोज्न सक्दछ।तिनीहरुबाट व्यबहारमै नेतृत्व सम्भव छ र परिवर्तन पनि सम्भव छ।
पहाडमा छरिएको बस्तिको केन्द्रिकरण गरौ,केन्द्रित बस्तीमा शिक्षा,स्वास्थ्य,यातायात,बिजुली,पानी,संचार सेवा सहज,सस्तो व्यबस्थित गर्न सजिलो हुन्छ।छरिएको बस्तीमा त्यसमा पनि पहाडी बस्तीमा सुबिधा पुर्याउन कठिन हुन्छ।एउटा बस्तिबाट अर्को बस्तीमा पुग्न एक आधादिन लाग्ने,त्यसबस्तिमा १०,२० भन्दा बढी मानिस नहुने भएपछी उनीहरुको लागि के बनाउने अस्पताल कि बिद्यालयरुबिजुली बाल्ने कि बाटो बनाउनुरुयो कस्तो अन्योल १बिकास कहाँ कति,कस्तो,कसरी भन्ने कुरालाइ बुझौ।गाउँमा भएको युवा शक्तिलाई जनशक्तिमा परिणत गरौ।सबै मिलेर हातेमालो गरौ,हामी हाम्रो समाजलाइ उठाउने जनप्रतिनिधि हौ भन्ने मनस्थिति बोकेर ५ बर्से कार्यकाललाइ दिगो विकासमा समेटौ।
ग्रामीण पहाडी भेगमा छरिएर रहेका बस्तिलाइ केन्द्रिकरणका लागि आवास योजना ल्याउदा राम्रो देखिन्छ।एकीकृत आवास योजनाले जनजीवन आधुनिक बन्दै जानेछ।हुन्छ भन्ने धारणा,सक्छौ भन्ने इच्छाशक्ति नै बिकासका आधार हुन।सोच बदलौ बिकास र परिवर्तन सम्भव छ।

पबित्रा गौतम मालिका गाउँपालिका गुल्मी
(हाल भरतपुर)

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।