समाज परिवर्तनमा छोरीको भुमिका

0 732

 

कुनै एउटा सुन्दर गाउँ थियो । त्यस गाउँमा अनेक व्यक्तिहरू बस्ने गर्थे त्यस मध्ये एउटा सुन्दर परिवार थियो । त्यस गाउँमा सानो र सुखिलो परिवार भएको घर भन्दा सबैले हर्क बहादुरको नाम लिन्थे। हर्क बहादुरको परिवारमा उसकी श्रीमती, एक छोरा र एक छोरी थिए । श्रीमतीको नाम माया थियो । छोराको नाम हरि र छोरीको नाम मालती थियो । छोरा छोरी सानै थिए । उनीहरूले आफ्नो काम आफैंले गर्न सक्ने थिएन, त्यसकारण उनीहरूलाई बाबा आमाको साथ चाहिन्थ्यो । । हर्क बहादुरले गाउँमा बसेर आफ्ना बाबाआमाले गर्दै आएको खेतीपाती गर्ने गर्दछ ।

उक्त खेतबारीमा उब्जाएको खानाले वर्ष भरिलाई पुग्ने गर्छ । हर्क बहादुरलाई काम गर्न सहयोग गर्नको लागि उसकी श्रीमती थिई । त्यसै गरेर उसले आफ्ना छोरा छोरीलाई लालन पालन गरेको थियो । समय आफ्नै रफतामा हिड्दै गर्थेयो तर पनि हर्क बहादुरलाई अनेक समस्याहरू आउदाँ पनि निडर भएर काम गर्ने बानी परिसकेको थियो । उसका छोरा छोरी पनि हुर्किदै गएको उसले थाहा पाएन एक दिनको कुरा छोराले गाउँमा आफ्नो अध्यानलाई सकेर सहर पढ्न जाने निर्णय गरेको थियो ।

ad

छोराको बोलीलाई नकार्न नसकेर बाबाआमाले ऋण धन गरेर सहर पठाउनु भयो छोरा । हरि सहर गयो, सहर गएर पढ्न लागेको केही समय सम्म त राम्रै थियो कक्षामा पनि पढाईमा अगाडि थियो । तर केही समयको अन्तराल पछि हरि साथीहरूको संगतमा पर्न गयो । उसले साथीहरूको लहलहैमा लागेर लागू पदार्थको सेवन गर्न थाल्यो । सेवन गर्न थालेको केही समय पछि उसलाई दैनिक रूपमा जाँडरक्सी, चुरोट हरेक चरणमा सेवन गर्न थाले पछि घरमा बाबाआमालाई पैसाको कुरामा नराम्रो व्यवहार समेत गर्न थालेको थियो ।

 

विस्तारै छोरी पनि आफ्नो पढाईलाई निरन्तरता दिनको लागि सहर गई गाउँमा बाबाआमाले दुःख सुख गरेर छोरा छोरीको पढाइ खर्च जटाएका थिए । छोरी सहर पढ्न गएको केहि समयमा उक्त विध्यालयले दिने छात्रवृत्तिमा मा पढ्ने मौका पाई । छोरीको पढाइ राम्रो थियो। विस्तारै समय ढल्किदै जादाँ छोरीले सरकारी क्षेत्रमा नाम निकाल्न सफल भई ।

 

उता भने छोरा हरिले आफ्नो खर्चको लागि बाबाआमाको घर जग्गा बेचेर बाबा आमालाई वृद्धाश्रममा लगेर राखेको हुन्छ । त्यति मात्र नभएर आमाको गरगहना समेत लैजान्छ । छोरी मालतीले राम्रो कमाई गरे कि हुन्छे । एक दिन आफ्नो बाबाबआमा वृद्धाश्रम भएको कुरा थाहा पाउँछे । उ एक्कासि आफ्नो जन्मभुमि फर्कन्छे र आमा बाबालाई उक्त आश्रमबाट निकालेर आफू बस्ने सहरमा लैजान्छे।

 

जन्मदिने बाबाआमा नै महान ठानेर आफुले कमाएको पैसाले सानो घर बनाउछे र आमाबाबाको सपना पूरा गर्न सफल छोरी नि हुन्छे । एक दिन छोरा हरि घुम्दै फिर्दै सोहि घर अथवा आफ्नै बहिनीले बनाएको घरमा आउँछ उक्त समयमा आफ्ना बाबाआमालाई देख्न पुग्दछ र सोहि कर्ममा बाबाआमा र बहिनी सँग माफि माग्द छ ।

हो त्यसैले छोरीले नि केही गर्न सक्छन् भन्ने उदाहरण छोरी मालतीबाट सिक्न सकिन्छ ।
✍️सम्झना गिरी 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।