आमालाई के लेखौ ?  आमाले मलाई नै लेखेकी छन् आमालाई सम्झिदा

0 1,254

म यो लेख भर्खरै मन्त्रालयबाट फर्किएर लेखिएको लेख हो । आज आमाको मुख हेर्ने दिन विहानै आमालाई उठ्दा वित्तिकै फोन हान्ने प्रयास गरे तर लागेन । नित्यकर्म सकाएर फोन हान्ने प्रयास गरे तर लागेन । विहानको खाना पाक्यौ तर फोन लागेन । किन लागेन ?

एकपटक दाईसँग बुझ्छु भनेर फोन हाने…. दाईले फोन उठाउदा बेर नै आमालाई फोन लाग्दैन किन भनेर मलाई, मैले सोध्न खोजेको प्रश्न म प्रति नै तेस्राउनु भयो । खै म पनि यहि कुरा बुझ्न खोजिरहेको थिए भने …. ।

हामी केहि वेर सन्चो विसन्चोमा वितायौ र विदा भयौ । खाना पस्के खाना मन लागेन एकपटक कान्छी दिदिलाई कल गरि बुझ्छू भनेर फोन हाने उत्तर दाईको जस्तै नै आयो । उहाँ पनि घरमा फोन नलागेको कुरा मलाई जनाउनु भयो । केहि वेर आमाको सम्झनामा हामी आमाकै गफ गरिम् । मैले भने, म सरकारी सेवामा छिरेको पनि लगभग ५ वर्ष पुरा हुन लागेछ । आमालाई उपहारको रूपमा केहि दिन सकेको छैन । आज विहानै उठ्दा सामाजिक सञ्जालमा आमालाई सम्झेका पोष्टहरू पढे । आमाको छहारी याद आयो । आमाले मलाई निस्वार्थ गरेको माया झल्झली आखा अगाडी नै आए ।

ad

म वाक्यमा मेरी दिदीलाई आमाको बारेमा केहि भन्न खोजिरहेको थिए तर म संग शब्द थिएनन् । म संग भाव थियो तर भावना बनेर मनबाट मनमै रोकिए । रोकिएर राख्न नखोज्दा नखोज्दै पनि आखाबाट छचल्किएर म भावनाहरूमा विलाए । तर घडीले साढे नौ बजाइसकेछ । पस्केको भात रूचे अनुसार खाएर म कार्यालय हानिए । कार्यालयमा व्यस्त हुँदा हुँदै पनि प्रत्येक घण्टा घण्टामा आमालाई फोन हानिरहे तर सम्पर्क हुन सकेन भनिरह्यो । सायद आमाले विहानै फोन उठाउनुहुन्थ्यो भने यत्तिको सायद सम्झदैनथे होला ।

म आमालाई भावनाहरूबाट सम्झिए, ज्यादा सम्झिए । आमालाई पनि त आज कान्छाले कति पटक फोन हान्ने प्रयास गरे होला भनेर सम्झिनु भयो होला ! कतै आमालाई आज आमाको मुख हेर्ने दिन हो भन्ने नै थाहा छैन कि ! खैर मेरो प्रेरणा र जीवनको पूर्ण विन्दु आमालाई धेरै माया । जीवनमा उपहार दिन नसकुँला तर कहिल्यै मेरो कारण शिर झुकाउन दिने छैन ।

हत्तारिदै म रूम फर्किए । ढोका बन्द गरे, फेरी फोन झिके ।नम्वर कलिङ गरे तर डिस्कनेट भन्यौ ।के गरौ अगाडिको डायरीले आमालाई लेख्न भन्यौ । आमालाई के लेखौ आमाले मलाई नै लेखेकी छन् भनेर शीर्षक लेखे । लेख्दा लेख्दै ख्याल आयो आज भन्दा करिव एक हप्ता अगाडि मेरो गाउँको नेपाल टेलिकमको टावर पूर्ण रूपमा जलेर भौतिक संरचनामा समेत क्षति भएको समाचार सामाजिक सञ्जालमार्फत थाहा पाएको थिए ।

आज सायद विहानै देखि गाउँमा पानी परेको हुनुपर्दछ । कुहिरो पनि लागेको हुनुपर्छ । अनि विद्युत सेवा पूर्ण रूपमा बन्द भएको हुनुपर्दछ । म आफूलाई आमाको जन्मदिनमा, आमालाई नै फोन गरेर खुसी साट्न नपाएकोमा दुखी मात्रै छैन, आफैप्रति लज्जीत छु किनकी म पनि एक देशभक्तिको भावनाले देशको सेवाको बारेमा केहि सोचेको एक कर्मचारी हुँ।

हिमाल घर्ती, गुल्मी
हाल काठमाण्डौ

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।