कथा : सपनाहरु  हराएको सहर

0 338

कुनै एक समयकाे कुरा थियो । करिब ७/८ वर्ष अगाडिको कुरा हो  एउटा सुन्दर परिवार थियाे। साेहि परिवार मा ४ जना सदस्य थिए । उक्त परिवारमा बुबा (राम बहादुर र आमा (गाैरी) र छाेरा (नरेन्द्र ) छाेरी (सुन्तली ) थिए उक्त परिवारमा निकै खुसियाली छाउदै आएको थियो। बुबा आमाले कृषि गर्थे ।

अहिले जस्तै बर्खा लागि सकेको समय थियाे । बर्खा लागे सँगै रामबहादुर र गाैरी खेतबारीमा समय बिताउनु पर्ने थियो । एक दिन अचानक बुबा आमा खेतबारीमा काम गरिरहेको बेला बाढीपहिरोले  बाबाआमालाई नै बगायाे उता घरमा छाेरा छाेरी मात्र थिए ।

बाबा आमा लाई बाढीले बगाएको केही समयमा घरमा नि बाढी पस्यो र घरमा पालेका गाई बाख्राहरू पनि  बगाएको थियो ।  केही समयमा फेरि छाेरी (सुन्तली ) लाई पनि बाढीले बगाएर कहाँ लगेर छाेडे याे केही पत्ता लागेन ।  एकै छिनमा पानी पर्न छाेडेकाे थियो । गाउँका सबै मानिसहरू जम्मा भएर रामबहादुर ,गाैरी र सुन्तलीकाे खाजीमा जुटेका थिए। खाेजी गर्दाै जादाँ सबै जनालाई मृत अवस्थामा भेटे ।

ad

रामबहादुर काे घरमा भएको खानेकुराहरू सबै बगाएको थियो र घरमा भएको धन सम्पत्ति केही थिएन । बाचेकाे छाेरासँग पनि आमा बाबा र बहिनीको किरिया गर्न समेत केही सम्पत्ति थिएन ।सबै गाउँलेकाे सहयोगमा किरिया गरे पछि केही दिन सम्म त घर मै बस्छ।

केही समय पछि छाेरा (नरेन्द्र)सहर पस्छ ।  आफू प्रति बाबा आमाले देखेका सपनाहरू पुरा गर्नकाे लागि सहर आएको केही समय त भाैतारीदै हिडेकाे हुन्छ ।   एक दिन एउटा सानाे हाेटेलमा काम गर्ने माैका पाउँछ । केही समय काम गरि सकेपछि थाेरै थाेरै गरेर केही रकम जम्मा गरेकाे केहि समयमा बाबाआमाका सपनाहरू पुरा गर्नकाे निम्ति घर छाेडेकाे छाराे घर फर्किन्छ घरमा आउँदा घर पनि पुरानो भएको हुन्छ ।

न बाबा आमा न त बहिनी नै केही समय निराश हुन्छ । अनि फेरि साेच्छ केही गर्नु पर्छ सधैंभरि त यसरी पुग्दैन भनेर साेहि गाउँ कि राम्ररी सुन्दरी सँग विवहा बन्धनमा बाधीन पुग्छ र आमा बाबाका सपना पुरा गर्ने हेतुले गाउँमै कृषि कार्य सुरूवात गर्छ ।जस्तो साेचाईमा कृषि सुरूवात गरेको हुन्छ तेस्तै आम्दानी हुन्छ ।सबै बाट मान सम्मान पनि ग्रहण गर्न सफल समेत हुन्छ…… ।

त्यसैले सहरमा मात्र हैन कि गाउँमा पनि केही गर्न सकिन्छ भन्ने कुरा नरेन्द्रबाट सिक्न सकिन्छ । पैसाले मात्र पनि केही गर्न सकिदैन मान सम्मान र इज्जत पनि हुनु पर्छ भन्ने कुरा काे सन्देश छाेरा(नरेन्द्र ) ले सन्देश दिएका छन  ।  धन्यवाद !😊😊😊

✍️सम्झना गिरी

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।