आशिर्वाद

0 641

गजल :

एकदिन सफल छोरी बनेर आउछु आशिर्वाद दिनुस,
चाउरिएका गालामा हासो ल्याउछु आशिर्वाद दिनुस।

गुनासो गर्दिन पिडा दुःख अभाव भयो भनेर आमा ,
चिन्ता नगर्नुस दुःखमा पनि रमाउछु आशिर्वाद दिनुस।
चुहिने छानोमा पनि छोरीको लागि ओत बन्नु भयो ,
खुसिहरू बन्दीकी राखि छानो टाल्छु आशिर्वाद दिनुस्।

ad

फाटो सल ओढाएर काखमै हुर्काउनु बढाउनु भयो,
सदैव भर तिम्रो न्यानो काख सम्झिन्छु आशिर्वाद दिनुस।
सानोमा म सपना देख्थे हजुर पूरा गर्नुहुन्थ्यो आमा,
अब तिमीले देखेका सपना पुरा गर्छु आशिर्वाद दिनुहोस्।
छोरीको सफलतामा आफ्ना खुसिहरू बेच्नु भयो ,
आश नमार्नु होस एक असल छोरी बन्छु आशिर्वाद दिनुहोस्।
✍️सम्झना गिरी

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।