मुसिकोटमा हुने भलिबल प्रतियोगिताको उद्धघाटन सांसद भुसालद्धारा गरिने

0 333

पौष ०४ गुल्मी

लुम्बिनी प्रदेश सांसद डिल्लीराज भुसालले मुसिकोट नगरपालिका भित्रका क्लबहरु बिच हुने पुरुष भलिबल प्रतियोगिताको उद्धघाटन गर्नुहुने भएको छ । जिल्लाको मुसिकोट नगरपालिका ३ मैदानमा यही पौष ६ र ७ गते हुन गरिरहेको नगरपालिका भित्रका क्लबहरु बिच खुल्ला पुरुष भलिबल प्रतियोगिताको उद्धघाटन सांसद भुसालले गर्ने सफल युवा क्लबका अध्यक्ष सुनिल न्यौपानेले जानकारी दिए ।

सफल युवा क्लब मुसिकोटले खुल्ला भलिबल प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । भलिबल प्रथम पुरस्कार २० हजार, मेडल र प्रमाण पत्र, द्धितिय पुरस्कार १२ हजार, मेडल र प्रमाण पत्र, पुरस्कार रहेको क्लबले जनाएको छ ।

ad

कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको हुँदा पौष ६ गते ८ बजे भित्र क्लबहरुले नाम दर्ता गर्न क्लबले आग्रह गरेको ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।